मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

विद्यार्थीको मनोबल उच्च राख्न प्रतिबद्ध छौं : शिक्षामन्त्री श्रेष्ठ

Ujyalosandeshonline 11005+ समाचार ( )
२५ वैशाख २०८१, मङ्गलबार

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयमा देखिएका मात्र नभइ उच्च शिक्षाको सन्दर्भमा देखिएका समस्याहरु आफ्नै कार्यकालमा समाधान गर्ने दाबी गरेकी छन् । 

त्रिवि आमसञ्चार तथा पत्रकारिता केन्द्रीय विभाग प्रमुखमा प्रवलराज पोखरेललाई नियुक्त गर्न आयोजित कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै मन्त्री श्रेष्ठले मन्त्रलयस्तरबाट सुल्झाउनुपर्ने विषयहरुमा बसेर छलफल गर्न आवश्यक रहेको बताइन् । 

उनले भनिन्, ‘अहिले जति पनि विद्यार्थीको हकहितमा गर्नुपर्ने कुराहरु छन् यसमा फोकस गरेर जिज्ञासा र प्रश्न गरिदिनुभयो भने शिक्षा मन्त्रालय र त्रिभुवन विश्वविद्यालयले के गरिरहेको छ भन्ने अवगत हुने मौका पाइन्छ । मलाई थाहा छैन पहिले विश्वविद्यालयमा के गरियो, कसरी भयो भन्ने त । तर, कम्तिमा पनि यसरी अपडेट लिन पाइयो भने परीक्षा दिएर नतिजा कुरिरहेका विद्यार्थी र अप्ठेरोमा परेका विद्यार्थीलाई कन्फिडेन्ट दिने कुरामा प्रतिबद्ध छौं ।’

त्रिभुवन विश्वविद्यालयलाई नै केन्द्रित गरेर आफूमाथि प्रश्न उठिरहेको उल्लेख गर्दै उनले यसको उत्तर उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदनबाट दिइसकेको समेत बताइन् । 

उनले भनिन्, ‘टीयूलाई मात्र फोकस गरेर प्रश्नहरु गरिन्छन् । उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदनले केही उत्तर दिइसकेको छ । आफ्नो स्तरबाट हुने कुराहरु त म गर्छु, हामीले कुरा गर्ने तरिका नै परिवर्तन गर्न आवश्यक छ । मन्त्रीस्तरबाट उल्टाउने कुरामा छलफल गरौं । जुन कुरा मैले मन्त्रिपरिषद् लगेर जानु छ, त्यो म लग्छु ।’

जग्गाको विषयमा सञ्चारमाध्यममा प्रकाशित समाचारबारे आफ्नो गम्भीर ध्यानाकर्षण भएको मन्त्री श्रेष्ठको भनाइ छ । केही साताअघि त्रिविको जग्गामा अनधिकृत कब्जा र भोगचलनका समाचारहरु सञ्चारमाध्यममा आएका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार