मुख्य समाचार
भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने | खनिज पदार्थबाट राज्यलाई आर्थिक लाभ | पेन्ड्राइभसहित ५ लाख ३९ हजार बराबरको सामान बरामद | सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छः कृषिमन्त्री चौधरी | स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत | यातायात क्षेत्रका समस्या समाधान गर्न सांसदहरूको प्रतिबद्धता |

खानेपानी समस्या समाधानका लागि बन्द रहेका आयोजनाहरुको उर्जा मन्त्रालयद्वारा स्थलगत निरीक्षण

Ujyalosandeshonline 12543+ समाचार ( )
१८ श्रावण २०८२, शनिबार

जनकपुर । खडेरी र सुख्खाका उत्पन्न खानेपानी समस्याको दृष्टिगत गर्दै ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री शेषनारायण यादवले धनुषा जिल्लास्थित केही मरम्मत सम्भार अभावमा बन्द रहेका खानेपानी आयोजनाहरुको स्थलगत निरीक्षण गरेका छन् ।

मन्त्री यादवको नेतृत्वमा प्राविधिक सहितका टोलीले धनुषाको क्षिरेश्वरनाथ नगरपालिका अन्तर्गत महेन्द्रनगर खानेपानी आयोजना र मिथिला नगरपालिका–५ विश्रामपुरस्थित अर्को खानेपानी आयोजनाको स्थलगत निरीक्षण गरेको हो ।

निरीक्षणका क्रममा मन्त्री यादवले मर्मत सम्भारको अभावका कारण बन्द अवस्थामा रहेका आयोजनालाई यथाशिघ्र सञ्चालनमा ल्याउन खानेपानी डिभिजन कार्यालय महोत्तरीलाई निर्देशन दिएका छन् । ‘जनताले खानेपानीको चरम अभाव खेप्नु परिरहेको बेला बन्द रहेका आयोजना तुरुन्त सञ्चालनमा ल्याउनु आवश्यक छ,’ मन्त्री यादवले भने, ‘बजेट अहिले कार्यान्वयन नभएपनि मन्त्रालयको आन्तरिक श्रोत साधनले मर्मत सम्भार गरी तत्काल संचालनमा ल्याईमा जनतालाई समयमै पानी खुवाउन प्रयासमा हामी जुटेका छौं ।’

दुवै खानेपानी आयोजनामा तत्काल पाइपलिङ्क तथा मरम्मत सम्भार गरे पानी संचालनमा आउने टोलीमा सहभागी प्राविधिक खानेपानी डिभिजन कार्यालय महोत्तरीका प्रमुख संजीव साहले बताएका छन् । उनले भने, ‘हुन त दुवै आयोजनाको काम पूर्ण रुपमा सम्पन्न गर्न ४÷५ करोडको लागत आउने हो । तर तत्काल मर्मत सम्भार गरी संचालन गर्नेगरी तयारी अघि बढाइने छ ।’

उनका अनुसार महेन्द्रनगर खानेपानी आयोजनामा पाइपलिंक, पाइप मर्मत सम्भार र बक्यौता विद्युत महसुल तिर्नुपर्ने काम रहेको छ भने विश्रामपुरस्थित खानेपानी आयोजनामा पाइप जडान र बोरिङ गरेपछि संचालनमा आउनेछ । सो निरिक्षण टोलीमा नेपाली कांग्रेसका सह—महामन्त्री महेन्द्र यादव, नगरपालिकाका जनप्रतिनिधिहरु, कांग्रेसका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार