मुख्य समाचार
गणपूरक संख्या नपुगेपछि फतुवा विजयपुरको नगरसभा स्थगित | रोहिणीको छिपागढ र धकधईमा संविधान दिवस मनाइयो | मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु | रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो | छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प | तानसेनको मध्यकालीन पहिचान खोजिँदै | हेलमेटमा लुकाएर ल्याएको रु सात लाख र ब्ल्याङ्क चेकसहित एक भारतीय पक्राउ | विद्यार्थीलाई प्रशासकीय अधिकृतको सुझाव : ‘सफलताका लागि निरन्तर प्रयास र कडा मेहनत आवश्यक’ | आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल | कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु |

नवलपरासी-२ मा रास्वपाका उम्मेदवार नरेन्द्र गुप्ताको चुनावी घोषणापत्र सार्वजनिक: सुशासन, कृषि र पर्यटनमा जोड

Ujyalosandeshonline 12352+ समाचार ( )
१० फाल्गुन २०८२, आइतबार

नवलपरासी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट नवलपरासी क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार नरेन्द्र गुप्ताले आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको छ। उहाँले आसन्न निर्वाचनलाई केवल प्रतिनिधि छान्ने औपचारिकता मात्र नभई जनताको भविष्य, सपना र जिम्मेवारीको फैसला गर्ने ऐतिहासिक क्षणका रूपमा व्याख्या गर्दै आफ्ना योजनाहरू अघि सार्नुभएको छ।

गुप्ताको घोषणापत्र विशेष गरी नयाँ पुस्ता अर्थात् 'जेन्जी' (Gen Z) को भावना, नवीन सोच, पारदर्शिता, जवाफदेहिता र भ्रष्टाचारमुक्त शासनमा केन्द्रित रहेको छ। सुशासन र कानुनी राज्य निर्माणको अठोट व्यक्त गर्दै उहाँले जनभावना र राष्ट्रहित अनुकूलका कानुन निर्माणमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाउनुभएको छ। यसका साथै, सार्वजनिक खरिद तथा सरकारी योजनाहरूमा पूर्ण पारदर्शिता सुनिश्चित गर्न डिजिटल अनुगमन प्रणाली लागू गर्ने उहाँको प्रमुख योजना रहेको छ।

आर्थिक विकासको मुख्य आधारका रूपमा उहाँले पर्यटन र कृषिलाई प्राथमिकतामा राख्नुभएको छ। यस क्षेत्रमा रहेका ऐतिहासिक तथा धार्मिक स्थलहरू रामग्राम स्तुपा, पण्डितपुर र देवदह ताललाई बौद्ध सर्किटमा जोडेर विश्व सम्पदा सूचीमा सूचीकृत गराउन पहल गर्ने उहाँको योजना छ। त्यसैगरी, निर्वाहमुखी कृषिलाई व्यवसायीकरण गर्ने लक्ष्यसहित उहाँले लिफ्ट सिँचाइ, भूमिगत सिँचाइ र गण्डक नहरको सुधार गर्ने वाचा गर्नुभएको छ। किसानलाई समयमै मल र बीउ उपलब्ध गराउने तथा उत्पादनमा आधारित अनुदानको व्यवस्था गर्ने विषय पनि उहाँको प्रतिबद्धता पत्रमा समेटिएको छ।

शिक्षा, स्वास्थ्य र युवा विकासका क्षेत्रमा पनि उम्मेदवार गुप्ताले स्पष्ट खाका प्रस्तुत गर्नुभएको छ। युवाहरूलाई रोजगारमुखी बनाउन प्राविधिक शिक्षाको विस्तार र सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्ने उहाँको लक्ष्य छ। स्थानीय स्तरमा रहेका पाल्ही, देवकोटा, मोतीलाल र असनैया क्याम्पसहरूको स्तरोन्नति तथा संकाय विस्तार गर्ने र यस क्षेत्रलाई खेलकुद हबको रूपमा विकास गर्ने योजना उहाँले अघि सार्नुभएको छ।

स्वास्थ्यतर्फ पृथ्वीचन्द्र अस्पताललाई विशेषज्ञ सेवासहित स्तरोन्नति गर्ने र गाउँका स्वास्थ्य चौकीहरूलाई मापदण्ड अनुसार सुदृढ बनाउने उहाँको संकल्प छ। यी सम्पूर्ण योजना र एजेन्डाहरूको सफल कार्यान्वयन मार्फत नवलपरासीको समृद्धि र उज्यालो भविष्य निर्माण गर्न सकिने उहाँको दाबी छ। नयाँ सोच र सुशासनको मार्ग प्रशस्त गर्नका लागि उम्मेदवार गुप्ताले आफ्नो चुनाव चिह्न 'घण्टी' मा मतदान गर्न सम्पूर्ण मतदाताहरूलाई हार्दिक अपिल गर्नुभएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार