मुख्य समाचार
चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही | मन्त्री पोखरेलद्वारा देउखुरी क्रिकेट रङ्गशालाको निरीक्षण | रोहिणीमा मन्त्री गीता चौधरीको उपस्थितिमा जनतासँग गुनासो सुनुवाइ | हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो |

एपीएफ र सुदूरपश्चिमलाई बास्केटबल उपाधि

Ujyalosandeshonline 12447+ समाचार ( )
२१ फाल्गुन २०८०, सोमबार

कास्की । विकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिप नेपाल–२०८० को उपाधि पुरुषतर्फ सशस्त्र प्रहरी बल एपीएफ र महिलातर्फ सुदूरपश्चिम प्रदेशले हात पारेका छन् ।

सुन्दर ढोका साथी सेवाको मुख्य प्रायोजनमा आयोजित प्रतियोगिताको फाइनलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई २९–२८ अंकले पराजित गर्दै उपाधि उचालेको हो । 

त्यस्तै त्रिभुवन आर्मी क्लबले उपविजेतामा चित्त बुझाएको छ । त्यस्तै बागमतीले लुम्बिनीलाई २७–६ अंकले पराजित गर्दै तेस्रो स्थान पक्का गरेको छ । 

त्यसैगरी महिलातर्फको फाइनलमा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई ८–४ अंकले पराजित गर्दै उपाधि उचालेको हो । बागमती प्रदेशलाई १६–४ को फराकिलो अन्तरले हराउँदै कोशी तेस्रो भएको छ । 

उपाधिसँगै पुरुष र महिलातर्फका विजेता टिमले क्रमशः प्रथम, दोस्रो र तेस्रो हुने टोलीले ५०, ४० र ३० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । 

प्रतियोगितामा उत्कृष्ट खेलाडी र हाई स्कोररले नगद ५ हजारसहित ट्रफी प्राप्त गरेका छन् । प्रतियोगितामा दुई विभागीय टिम त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको टिमसहित सातै प्रदेशबाट पुरुष ९ र महिला ६ गरी १५ टिमको सहभागिता  थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार