मुख्य समाचार
जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने | खनिज पदार्थबाट राज्यलाई आर्थिक लाभ |

न्याय परिषद्ले गर्यो दश जनालाई जिल्ला न्यायाधीशमा सिफारिस

Ujyalosandeshonline 12546+ समाचार ( )
२२ चैत्र २०८०, बिहीबार

काठमाडौं । न्याय परिषद्ले न्याय सेवाअन्तर्गतका १० कर्मचारीलाई जिल्ला न्यायाधीशमा सिफारिस गरेको छ । परिषद्को बिहीबारको बैठकले नियुक्ति सिफारिस गरेको हो ।

जिल्ला न्यायाधीशको सिफारिसमा परेकाहरुमा दोलखाको जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता अर्जुनप्रसाद कोइराला, सर्वोच्च अदालतका इजलास अधिकृत नरेन्द्रप्रसाद बूढा, फणेश्वरी घिमिरे, उपरजिष्ट्रार महेन्द्रबहादुर कार्की, उच्च अदालत विराटनगरको इलाम इजलासका रजिष्ट्रार जीवनकुमार भण्डारी छन् । 

यस्तै उच्च अदालत पोखराको बागलुङ इजलासका रजिष्ट्रार मुकुन्द आचार्य, महान्यायाधिवक्ताको कार्यालयकी उपमहान्यायाधिवक्ता विमला रेग्मी, बाजुरा जिल्ला अदालतका स्रेष्तेदार पुष्पराज पाण्डे, पाल्पा जिल्ला अदालतका स्रेष्तेदार शिवबहादुर थापा र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका कानुन अधिकृत दीपक घिमिरे सिफारिसमा परेका छन् । 

यस्तै परिषद्ले केही न्यायाधीशको सरुवा सिफारिस पनि गरेको छ । उच्च अदालत विराटनगरको धनकुटा इजलासका न्यायाधीश रत्नबहादुर वागचन्दलाई उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्ज र उच्च अदालत विराटनगरका न्यायाधीश गणेशप्रसाद बराललाई वागचन्दका ठाउँमा धनकुटा सिफारिस गरेको छ । 

मकवानपुर जिल्ला अदालतका न्यायाधीश श्रीप्रसाद सञ्जेललाई भक्तपुर जिल्ला अदालत र रौतहट जिल्ला अदालतकी न्यायाधीश पूर्णिमा कोइरालालाई सञ्जेलका ठाउँमा मकवानपुर सरुवा सिफारिस गरेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार