न्यून गुणस्तर पाइएपछि तीन प्रकारका औषधि बिक्रीमा रोक

Ujyalosandeshonline 11534+ समाचार ( )
१९ फाल्गुन २०८०, शनिबार

काठमाडौं । औषधि व्यवस्था विभागले दुई नेपाली कम्पनीका तीन प्रकारका औषधिको बिक्री वितरणमा रोक लगाएको छ । प्रयोगशाला परीक्षणमा न्यून गुणस्तरको पाइएका लोमस फर्मास्युटिकल्स गोठाटारका दुई र फर्माको इन्डष्ट्रिज रामकोटद्वारा उत्पादित एउटा औषधि बजारबाट फिर्ता लैजान भनेको हो । 

बिक्री वितरणमा रोक लगाइएका औषधिमा लोमसको ब्याच नम्बर एमटीएस ०१२३ भएको मेट्रो सस्पेन्सन (ओरल सस्पेन्सन) ५ एमएल,  मेट्रोनिडाजोल बेन्जोएट २०० एमजी र ब्याच एचपी–०१२३ को हेल्माप्रेन (अबलेन्डाजोल ब्याब्लेट) ४०० एमजी छ । यी औषधि २०२३ मार्च र २०२२ जुनमा उत्पादित हुन् ।

यस्तै फर्माकोको ब्याच २२÷०१ को मेट्रो–पी (मेट्रोनिडाजोल सस्पेन्सन आइपी) ५ एमएल, मेट्रोनिडाजोल २०० एमजी पनि बिक्रीमा रोक लगाइएको विभागको सूचनामा छ । फर्माकोको उक्त औषधि जुन २०२२ मा उत्पादितमध्येको हो । 

विभागले सम्बद्ध कम्पनीहरुलाई औषधि ऐन २०३५ को दफा १४ बमोजिम ती औषधिहरु बजारबाट तुरुन्त फिर्ता ल्याउन र त्यसको विवरण उपलब्ध गराउन भनेको छ । साथै विभागले रोक लगाइएका औषधि सेवन नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।   


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार