मुख्य समाचार
जलीय जैविक विविधता जोगाउन रुपन्देहीका जलाशयमा २५ हजार माछाका भुरा छोडियो | प्रधानमन्त्रीको भारत भ्रमणमा सुस्ताको पीडा उठाउन स्थानीयको माग | नवलपरासीमा तस्करीको स्वरूप फेरियो : मोटरसाइकलमार्फत ओसारपसार र प्रहरीको नाममा असुलीको आरोप | लुम्बिनी सांस्कृतिक नगरपालिकामा आगो लगाई वातावरण प्रदूषित गर्ने पाँच जना नियन्त्रणमा | आठवटै एनपिएल क्लबलाई आफ्नै रङ्गशाला : प्रधानमन्त्री शाह | प्रहरी निरीक्षक दिपक कुँवर 'महिनाको उत्कृष्ट प्रहरी' घोषित | बुटवलमा एक हजार १५७ परिवारलाई लालपुर्जा वितरण गरिँदै | प्रहरीको तल्लो तहका कर्मचारीको गुनासो सुन्न केन्द्रीय डेस्कको शुभारम्भ | गोरुसिङ्गे–चन्द्रौटा सडक खण्ड विस्तारको ठेक्का सम्झौता सम्पन्न | कात्तिकमा पाल्पा प्रहरीको विवरण: १५ मुद्दा दर्ता, सवारी दुर्घटनामा एकको मृत्यु |
मुख्य समाचार
जलीय जैविक विविधता जोगाउन रुपन्देहीका जलाशयमा २५ हजार माछाका भुरा छोडियो | प्रधानमन्त्रीको भारत भ्रमणमा सुस्ताको पीडा उठाउन स्थानीयको माग | नवलपरासीमा तस्करीको स्वरूप फेरियो : मोटरसाइकलमार्फत ओसारपसार र प्रहरीको नाममा असुलीको आरोप | लुम्बिनी सांस्कृतिक नगरपालिकामा आगो लगाई वातावरण प्रदूषित गर्ने पाँच जना नियन्त्रणमा | आठवटै एनपिएल क्लबलाई आफ्नै रङ्गशाला : प्रधानमन्त्री शाह | प्रहरी निरीक्षक दिपक कुँवर 'महिनाको उत्कृष्ट प्रहरी' घोषित | बुटवलमा एक हजार १५७ परिवारलाई लालपुर्जा वितरण गरिँदै | प्रहरीको तल्लो तहका कर्मचारीको गुनासो सुन्न केन्द्रीय डेस्कको शुभारम्भ | गोरुसिङ्गे–चन्द्रौटा सडक खण्ड विस्तारको ठेक्का सम्झौता सम्पन्न | कात्तिकमा पाल्पा प्रहरीको विवरण: १५ मुद्दा दर्ता, सवारी दुर्घटनामा एकको मृत्यु |


कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने

Ujyalosandeshonline 12701+ समाचार ( )
१७ अशोज २०८३, शनिबार

दाङ । लुम्बिनी प्रदेश सरकारले कुष्ठरोग निवारणलाई प्राथमिकतामा राख्दै प्रदेशका सबै जिल्लामा छाला रोग पहिचानका लागि स्क्रिनिङ अभियान सञ्चालन गर्ने भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कुष्ठरोगका बिरामीको संख्या घट्दो क्रममा रहे पनि रोगको पहिचान र उपचारमा अझै प्रभावकारी पहल आवश्यक रहेको बताए । उनले कुष्ठरोग निवारणका लागि प्रदेश सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको जानकारी दिए ।

नेपाल कानुन समाजद्वारा आयोजित ‘कुष्ठ प्रभावित व्यक्तिहरूका संवैधानिक तथा कानुनी अधिकार’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले चालु वर्ष प्रदेशका सबै जिल्लामा छाला रोगको पहिचान गर्ने अभियान सञ्चालन गरिने बताए । `कुष्ठरोगको समस्या घटाउनेगरी प्रदेश सरकारले काम गरिरहेको छ । तथ्यांक पनि घट्दो अवस्थामा छ,´ मुख्यमन्त्री आचार्यले भने,`यो वर्ष सबै जिल्लामा छाला रोगको पहिचान गर्न स्क्रिनिङ अभियान सञ्चालन गर्छौं ।´

उनले कुष्ठरोगसँगै प्रदेशमा नसर्ने रोगको समस्या पनि बढ्दै गएको बताए । विशेषगरी क्यान्सरलगायतका रोगको अवस्था बढ्दै गएकाले रोगको समयमै पहिचान र उपचारलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो । मुख्यमन्त्री आचार्यले विगतमा कुष्ठरोग लागेका व्यक्तिले सामाजिक लाञ्छना र विभेदको डरले रोग लुकाउने अवस्था रहेको बताए । पछिल्लो समय त्यस्तो अवस्था क्रमशः कम हुँदै गए पनि जनचेतना अभिवृद्धिका लागि अझै धेरै काम गर्नुपर्ने उनले बताए ।

`सकेसम्म यो रोग लुकाउन खोज्ने अवस्था विगतमा थियो । अहिले त्यस्तो अवस्था छैन,´उनले भने, `तर, चेतना अभिवृद्धि जति गर्नुपर्ने हो, त्यसलाई अझै बढाउन जरुरी छ ।´कुष्ठ प्रभावित व्यक्तिलाई उपचारको पहुँचमा ल्याउनुका साथै सामाजिक सुरक्षाको दायरामा समेट्नुपर्नेमा मुख्यमन्त्री आचार्यले जोड दिए । उनले सामाजिक सुरक्षा भत्तालाई सबैका लागि एउटै ढाँचामा भन्दा आवश्यकता र अवस्थाका आधारमा वर्गीकृत गरी प्रभावकारी बनाउनुपर्ने धारणा राखे ।

उनले कुष्ठरोग स्वास्थ्य समस्यामा मात्र सीमित नरहेको बताउँदै प्रभावित व्यक्तिको सामाजिक र आर्थिक अवस्थासँग पनि जोडेर हेर्नुपर्ने आवश्यकता औँल्याए । रोगका कारण हुने सामाजिक विभेद अन्त्य गर्न राज्यका कार्यक्रमसँगै समुदायस्तरमा चेतना विस्तार गर्नुपर्ने उनको भनाइ थियो । कार्यक्रममा पूर्वप्रधानन्यायाधीश कल्याणराज श्रेष्ठले कुष्ठरोग मानवता र मानवअधिकारसँग जोडिएको विषय भएको बताए । उनले नयाँ प्रभावितको खोजीलाई व्यापक बनाउँदै उपचारको पहुँचमा ल्याउन र प्रभावित व्यक्तिमा आत्मविश्वास जगाउन आवश्यक रहेको बताए ।

वरिष्ठ छाला रोग विशेषज्ञ डा. रविन्द्र बास्कोटाका अनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपालमा २ हजार ४ सय ९ जना नयाँ कुष्ठरोगी पहिचान भएका छन् । उपचारमा रहेका बिरामीको संख्या २ हजार ६ सय ८ रहेको छ । स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठका अनुसार लुम्बिनी प्रदेशमा हाल ५ सय ४७ जना कुष्ठरोगका बिरामी छन् । कुष्ठरोगका कारण हुने लाञ्छना र भेदभाव घटाउन जनचेतना अभिवृद्धिका कार्यक्रमलाई प्राथमिकतामा राखिएको उनले बताए ।

कार्यक्रममा सभामुख तुलाराम घर्तीमगर, स्वास्थ्य मन्त्री दीपेन्द्र पुन, आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रजीत थारु, आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्री भण्डारीलाल अहिर, पूर्वअर्थसचिव शिशिरकुमार ढुंगाना, प्रमुख सचिव विनोदबहादुर कुँवर, उपसभामुख मेनुका खाँड केसीलगायतले कुष्ठ प्रभावित व्यक्तिको अधिकार, उपचार, सामाजिक सुरक्षा र आर्थिक सशक्तीकरणका विषयमा धारणा राखेका थिए । कार्यक्रमको अध्यक्षता न्याय परिषद्का पूर्वसदस्य पदमप्रसाद वैदिकले गरेका थि भने सहजीकरण नेपाल कानुन समाजका कार्यकारी निर्देशक कृष्णमान श्रेष्ठले गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार