मुख्य समाचार
२९ वर्षीया युवतीले जब रोजिन इच्छामृत्यु ... | कानुनी शासनका लागि न्यायपालिका संवेदनशील : प्रधानन्यायाधीश श्रेष्ठ | राजनीतिमा युवा सहभागिता वढाउन दलहरु सुध्रिनुपर्छ : सुनिता डंगोल | अन्ततः संसदीय छानबिन समिति गठनको सहमति | राजनीति फोहोरी खेल होइन, स्वार्थ बोकेका व्यक्ति फोहोरी हुन : सुहाङ नेम्वाङ | एनेस्थेसिया भन्नेबित्तिकै मान्छेहरु डराउँछन्, यो नबुझेर हो : डा. ढकाल | सुनसरी औराबनीका २० घरपरिवारलाई भवन निर्माण गरी हस्तान्तरण | लागुपदार्थ सेवन गरी सवारी चलाउने ६ जना चालक पक्राउ | मुगुका किसान स्याउको विरुवा उत्पादनमा आत्मनिर्भर | गृह सचिव अर्यालद्वारा अध्यागमन विभागका महानिर्देशकलाई अधिकार प्रत्यायोजन |

कांग्रेसको एउटा समूहले छलफल गर्दा ठूलो बनाउनु आवश्यक छैन : शेखर कोइराला

Ujyalosandeshonline 2598+ समाचार ( )
२७ मंगशिर २०८०, बुधवार

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी र देश ठिक तरिकाले नचले पनि आफ्नो समूह ठिक तरिकाले चलिरहेको बताएका छन् । 

बुधबार अनुपम फुडल्यान्डमा बसेको उनको समूहको बैठकपछि सञ्चारकर्मीसँग उनले भने, ‘नेपाली कांग्रेसको एउटा समूहले छलफल गर्दा ठूलो बनाउनु आवश्यक छैन । कांग्रेस र देश ठिक तरिकाले चलेको छैन, हाम्रो समूह ठिक छ ।’

समसामयिक विषयमा भेला र छलफलका लागि आफ्नो समूह बैठक बेला बेलामा बस्ने गरेकाले सञ्चारकर्मीले त्यसलाई ठूलो विवादको विषय बनाउन नहुने उनले बताए । उनको बैठकमा पार्टीका महामन्त्री गगन थापा पनि सहभागी भए । धेरैपछि थापा पुनः कोइरालाको भेलामा सहभागी भएको विषयमा सञ्चारकर्मीले सोधेका थिए । डा. कोइरालाले आफ्नो र महामन्त्री थापाका एजेन्डामा मतमान्तर नभएको प्रष्टीकरण दिए । 

उनले भने, ‘पहिले पनि थिएन फरक एजेण्डामा, अहिले पनि छैन । एजेन्डामा कुनै पनि फरक मत छैन । हाम्रो त्यही कारण आज हामी जुटेका हौं । एजेन्डामा महामन्त्रीजी र मेरो बीचमा कुनै एक इन्च पनि फरक छैन । उहाँको उमेर र मेरो उमेर फरक छ । उहाँको सोचाइ र मेरो सोचाइ फरक छ, त्यसले मात्रै हो । एजेण्डा हाम्रो कुनै फरक छैन ।’ 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार