मुख्य समाचार
भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने | खनिज पदार्थबाट राज्यलाई आर्थिक लाभ | पेन्ड्राइभसहित ५ लाख ३९ हजार बराबरको सामान बरामद | सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छः कृषिमन्त्री चौधरी | स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत | यातायात क्षेत्रका समस्या समाधान गर्न सांसदहरूको प्रतिबद्धता |

नेपालमा राजनीतिक नेतृत्व नैतिकवान भएन : प्रदिप पौडेल

Ujyalosandeshonline 12543+ समाचार ( )
११ वैशाख २०८१, मङ्गलबार

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदिप पौडेलले नेपाली लोकतन्त्रमा नीति, नेतृत्व र नैतिकता बाहेक सबथोक पर्याप्त रहेको टिप्पणी गरेका छन् । 

लोकतन्त्र दिवसको अवसरमा मंगलबार आयोजित ‘लोकतान्त्रिक प्रणालीमा नीति, नेतृत्व र नैतिकता’ विषयक संवाद कार्यक्रमलाई सम्बोधन गर्दै सांसद पौडेलले नेपालमा नीति र नेतृत्व भएपनि राजनीतिक नेतृत्व नैतिकवान नभएको बताएका हुन् । 

उनले भने, ‘नेपाली लोकतन्त्रमा नीति, नेतृत्व र नैतिकता बाहेक सबै छन् । तर हामीसँग नीति र नेतृत्व भएपनि राजनीतिक नेतृत्व नैतिकवान छैन । हामीले बुझेको लोकतन्त्र यही हो त ?’

राजनीतिक दलहरुले लोकतन्त्रलाई प्राथमिकताका नराखेको उल्लेख गर्दै सांसद पौडेलले लोकतन्त्र प्राथमिकतामा नपरेको हो कि भन्दै प्रश्न गरेका छन् । 

उनले अघि भने,‘लोकतन्त्र हाम्रो प्राथमिकतामा नपरेको हो कि ? यो लोकतन्त्रले काम गर्दैन भनेर निष्कर्ष निकाल्ने स्थितिमा पुगिएको हो कि ? राजनीतिक दलहरुले जुन किसिमले यस विषयलाई प्राथमिकतामा राख्नुपर्ने हो त्यो नराखेको स्पष्ट देखिन्छ ।’

केही टेलिभिजनहरुले लोकतन्त्र स्थापनाका लागि सडकमा संघर्ष गरेका नेताहरुलाई सडकमा ढुंगामुडा गरेर राजनीतिमा आएका हो त नि भन्ने भाष्य समाजलाई दिन खोजेको आरोप लगाए । 

लोकतन्त्रले नैतिकताको नजिर बनाउन नसकेको पौडेलको भनाइ छ । उनले प्रश्न गर्दै भने, ‘आजको लोकतन्त्रसँग समाजको अपेक्षा के थियो । लोकतन्त्रले नैतिकताको नजिर बनाउन किन सकेन ? नेतृत्वले नैतिकताको नजिर बनाउन किन सकेन ?’लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र भएको उल्लेख गर्दै पौडेलले यसको विकल्प अन्य कुनै शासन प्रणाली हुन नसक्ने उल्लेख गरे । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार