मुख्य समाचार
भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा | रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार | धमाधम फेला पर्दै अवैध हतियार | वडा कार्यालयबाटै प्रशासनको सिफारिस, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो | खुट्टीखोला सिँचाइ आयोजनाः हेडवक्र्स बन्यो, खेतमा पुगेन पानी | अपाङ्गता भएका बालबालिकालाई विद्यालयमा टिकाउन नीतिगत पहलको खाँचो | सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा | यात्रुलाई गुणस्तरहीन खाना खुवाएमा चालक र होटल सञ्चालकलाई कारबाही गरिने | गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव | जुम्लामा २२९ मुद्दा फछ्र्योट |

‘श्री ५’ लेख्ने ज्ञानेन्द्र शाहलाई कारबाही गर्न सांसद गैरेको माग

Ujyalosandeshonline 12522+ समाचार ( )
१४ वैशाख २०८२, आइतबार

काठमाडौं ।  नेकपा एमालेको सांसद ठाकुर गैरेले नेपालको संविधानले समेत नचिन्ने ‘श्री ५ ज्ञानेन्द्र वीरविक्रम शाहदेव’ लेखेको भन्दै कारबाही गर्न माग गरेका छन् । आइतबार प्रतिनिधिसभामा बोल्दै उनले नेपालको संविधान र अहिलेको व्यवस्थामा ‘श्री ५’ कहाँ छ भन्दै प्रश्न गरेका हुन् ।

उनले भने, ‘हिजो अत्यन्त लज्जास्पाद र संविधान विपरितको एउटा वक्तव्य आयो, डा.फणिराज पाठक, संवाद सचिबका नामबाट वक्तब्य प्रकाशित भयो । त्यसको हेडलाइनमा लेखिएको छ, ‘श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेव’बाट बक्सेको समवेदना सन्देश । म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु– नेपालको संविधान र आजको व्यवस्थापमा श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेव  भन्ने कहाँ छ ?’

साथै उनले यस्तो लेख्नेमाथि तत्काल कारबाही गर्नुपर्ने बताए । उनले संसद्को सर्वोच्चता र कानुनी राज्यको उपहास गर्न पाइन्छ कि पाइँदैन भन्दै प्रश्न गरे ।

उनले भने, ‘यो लेख्न कसरी सकिन्छ, यस्तो लेख्न कसरी सम्भव भयो? संसद्को सर्वोच्चता र कानुनी राज्यको उपहास गर्न पाइन्छ कि पाइँदैन ? त्यसो गरेर यहाँ बस्न पाइन्छ कि पाइँदैन? संवाद सचिव नाम रहेका फणिराज पाठक र समवेदना बक्सने ज्ञानेन्द्रवीर विक्रम शाहलाई नेपालको संविधान बमोजिम तत्काल कारबाही गरियोस् भन्ने कुरा म यो सदनमा ध्यानाकर्षण गराउन चाहान्छु ।’

पूर्वराजा शाहले शनिबार कश्मीर घटनाप्रति समवेदना वक्तव्य जारी गरेका थिए जसमा श्री ५ ज्ञानेन्द्र वीरविक्रम शाहदेव लेखिएको छ । उनले जारी गरेका अन्य वक्तव्यमा समेत त्यही लेख्ने गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार