मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

कसैलाई पनि बहुमत ल्याउन नदिने प्रणाली हामीसँग छ : प्रधानमन्त्री ओली

Ujyalosandeshonline 12614+ समाचार ( )
६ जेठ २०८२, सोमबार

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी २०८४ सालमा हुने निर्वाचनमा एमालेले एकल बहुुमत ल्याउने दाबी गरेका छन् । सोमबार नेपाल उत्पीडित जातीय मुुक्ति समाजको सातौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले एमालेले एकल बहुुमत ल्याउन चुनौतीपूर्ण भएतापनि यो काम एमालेका लागि सम्भव रहेको भन्दै मिसन ०८४ मा एमालेको एकल बहुमत ल्याउनेगरी तयारीमा जुटिरहेको बताए । 

उनले भने, ‘हामीले मिसन ०८४ को उद्देश्य लिएका छौं । एकल बहुमत ल्याउने उद्देश्य लिएको छौं । यो असम्भव छैन् । यो विलकुल सम्भव उद्देश्य हो । कसैलाई पनि बहुमत ल्याउन नदिने प्रणाली हामीसँग छ । समानुपातिकसहितको विद्यमान परिपाटीबाट साधारणतयाः कुनै एक दलको बहुुमत आउन गाह्रो छ तर हामीले प्रणाली चुनिसकेको छौं । चुनौतीपूर्ण छ ,तर यो काम एमालेका लागि सम्भव छ । त्यसैले मिसन ०८४ एमालेको एकल बहुमत ल्याउनेगरीको तयारीमा जुटिरहेका छौं ।’

त्यस्तै उनले आफूहरु व्यक्तिगत र पार्टीगत स्वार्थ नहेरी देशको सुशासन, स्थिरता, विकास, समृद्धि, राष्ट्रिय स्वाधिनता र अखण्डताका लागि काम गरिरहेको दाबी गरे । विपक्षीहरुले जनतामा भ्रम छर्न खोजेको भन्दै त्यसलाई बुझेर आफैं त्यसकाविरुद्ध लाग्नुपर्ने उनले बताए । 

उनले भने,‘पार्टीका रुपमा विकसित गर्न  लाग्नुुपर्छ । व्यक्तिगत र पार्टीगत स्वार्थ नहेरी देशको सुशासन, स्थिरता, विकास, समृद्धि, राष्ट्रिय स्वाधिनता र अखण्डताका लागि काम गरिहेका छौँ । अराजकतावादीहरुले यस प्रयासमा भाँजो हाल्न सक्छन् । अराजकतावाद सदैव हाम्रो दुुष्मन हो ।

विपक्षीहरुले जनतामा हाम्राविरुद्ध भ्रम फिँजाउन खोजेका छन् । त्यस्तो भ्रम चिर्न हामी सुदृढ र एकताबद्ध भएर लाग्नुपर्नेछ ।अहिले हामीमाथि प्रहार भइरहेको छ। सोसल मिडियाबाट हाम्रा विरोधी भन्नाले देशको भलो नचिताउने, शान्ति सुव्यवस्था नचिताउने, सुशासन नचिताउने र विकासको गतिलाई तिव्र ढंगले अगाडि बढाउने कुरामा लाग्न नचाहने तत्वहरुले हाम्राविरुद्ध प्रचार गरिरहेका छन्, त्यसलाई बुझेर आफैं त्यसकाविरुद्ध लाग्नुपर्छ ।’प्रधानमन्त्री ओलीले उनले एमाले पार्टी र आन्दोलन एक दिनको भुल्को नभएको भन्दै कुनै एउटा चटके कुरा गर्दिएर हाहा..हु.. गर्ने जमात पनि नभएको बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै