मुख्य समाचार
७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन |

वास्तविक लागतभन्दा कम दरमा टेन्डर नहाल्न गुल्मीका निर्माण व्यवसायीलाई आग्रह

मनु सुनार 39+ समाचार ( )
२१ श्रावण २०८३, बिहीबार

गुल्मी । निर्माण व्यवसायी संघ, गुल्मीले वास्तविक लागतभन्दा अत्यधिक न्यून दरमा बोलपत्र (टेन्डर) पेश नगर्न जिल्लाभित्र तथा बाहिरका सम्पूर्ण निर्माण व्यवसायीहरूलाई सार्वजनिक आग्रह गरेको छ। साउन १९ गते बसेको संघको बैठकको निर्णय सार्वजनिक गर्दै पुरानै शैलीमा अत्यन्तै कम दरमा टेन्डर हाल्ने प्रवृत्तिले निर्माण व्यवसाय नै संकटमा पर्ने चेतावनी दिइएको छ।

संघका अध्यक्ष हरिकुमार श्रेष्ठले पेट्रोलियम पदार्थ, निर्माण सामग्री, ढुवानी, उपकरण सञ्चालन, बैंकिङ लागत तथा श्रमिक ज्यालामा निरन्तर वृद्धि भइरहेकाले अस्वस्थ प्रतिस्पर्धा नगर्न आग्रह गर्नुभयो। वास्तविक लागतभन्दा निकै कम दरमा बोलपत्र पेश गर्दा निर्माण व्यवसायी आर्थिक रूपमा घाटामा पर्ने, आयोजना ढिलाइ हुने र निर्माणको गुणस्तरमा समेत असर पर्ने जोखिम रहने उहाँको भनाइ छ।

संघले क्षणिक प्रतिस्पर्धाभन्दा दीर्घकालीन व्यावसायिक स्थायित्व, गुणस्तरीय निर्माण, समयमै आयोजना सम्पन्न गर्ने प्रतिबद्धता र व्यावसायिक मर्यादालाई प्राथमिकता दिन जोड दिएको छ। अध्यक्ष श्रेष्ठद्वारा हस्ताक्षरित अपिलमा "अस्वस्थ प्रतिस्पर्धा नगरौँ, व्यवसाय जोगाऔँ, गुणस्तरीय निर्माण गरौँ" भन्ने सन्देश समेत प्रवाह गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार