मुख्य समाचार
एन्फाका कोषाध्यक्ष र लेखाप्रमुख पक्राउ | पेस्तोल र गोलीसहित सियारीका चौधरी पक्राउ | पुवाखोलामा बेलिब्रिज निर्माण | सशस्त्र प्रहरीद्वारा बाइपास क्षेत्रबाट भन्सार छलीका किराना सामान र औषधि बरामद | ‘डिजिटल’ रूपान्तरणलाई शासन, विकास र राष्ट्र निर्माणसँग जोड्नुपर्छः सञ्चारमन्त्री | धकधईमा राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा दीप प्रज्वलन गरी संविधान दिवस मनाइयो | देवदह र ओमसतियामा विश्व हिन्दू परिषद्को समिति गठन | ४० लाखभन्दा बढी मूल्यको भन्सार छलीको अवैध मदिरा र कारसहित दुई जना पक्राउ | गणपूरक संख्या नपुगेपछि फतुवा विजयपुरको नगरसभा स्थगित | रोहिणीको छिपागढ र धकधईमा संविधान दिवस मनाइयो |

वडा नम्बर ९ मा सातौ टोल सुधार समिति गठन

Ujyalosandeshonline 12359+ समाचार ( )
१५ असार २०८१, शुक्रबार

भैरहवा । सिद्धार्थनगर नगर पालिका वडा नम्बर ९ मा सिद्धार्थ टोल सुधार समिति गठन भएको छ । यो सहित वडा नम्बर ९ मा ७ वटा टोल सुधार समिति गठन भएको छ ।

नवगठित टोल सुधार समितिलाइ प्रमाणपत्र हस्तान्तरण गर्दै वडा नम्बर ९ का वडा अध्यक्ष शेषकान्त भण्डारीले समितिलाई आफ्नो उद्देश्य अनुसार काम गर्न आग्रह गरे । उनले अहिले सिद्धार्थनगर नगरपालिकाको अन्य वडाहरु मध्ये वडा नम्बर ९ मा मात्र टोल सुधार समितिको संख्या ७ वटा पुगेको बताउदै ९ नम्बर लाई सोही अनुसार नमूना वडा बनाउन सहयोग गर्न आग्रह गरे । “टोल सुधार समितिहरु भनेको वडाको पखेटा हुन् ।” भण्डारीले भने “वडाको विकासमा सबै हातेमालो गर्दै अगाडी बढौं।”

अर्जुन भुसालको अध्यक्षतमा सिद्धार्थ टोल सुधार समितिको तदर्थ समिति गठन भएको हो । यसको उपाध्यक्षमा सरस्वती नेपाल, सचिव चन्द्र बहादुर भण्डारी, कोषाध्यक्ष घनश्याम भुसाल, सह–सचिव लक्ष्मी ढकाल चयन भएका छन् । यस्तै सदस्यहरुमा गंगा पाण्डे, केशव तिवारी, गोपाल गौतम, राम प्रसाद पाण्डे, नर नारायण शर्मा, श्यामराज कुर्मी, बाबुराम खनाल र नारायण खनाल रहेका छन् । यस्तै खडानन्द अर्याल, विजय नेपाल, माया तुलाधर, जाय नारायण श्रेष्ठ, केश बहादुर विका, रविन्द्र काफ्ले र बालकृष्ण देवकोटा सल्लाहकारमा चयन भएका छन् । 

वडा अध्यक्ष शेषकान्त भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न प्रमाणपत्र वितरण कार्यक्रममा वडा सदस्य बसुन्धरा शर्मा, बसन्त भट्टराई, युवराज बराल लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन वडा सचिव अब्दुल रसिद पठानले गरेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार