मुख्य समाचार
पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ | मूल्यवृद्धिका कारण निर्माण क्षेत्र ठप्प, ‘निर्माण आपतकाल’ घोषणा गर्न व्यवसायीको माग | बुटवलमा ‘रैथाने सीप, कला र उत्पादन प्रदर्शनी’ हुने, ५५ स्टल रहने | मुलुकभर दोस्रो आर्थिक गणना सुरु : १५ लाख व्यावसायिक प्रतिष्ठानको विवरण सङ्कलन गरिँदै | डोकोको व्यापार | डिजेल र मट्टितेलको मूल्यमा भारी वृद्धि, प्रतिलिटर ३० रुपैयाँ बढ्यो | पूर्वाधार थपिँदा पर्यटक आकर्षित |
मुख्य समाचार
पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ | मूल्यवृद्धिका कारण निर्माण क्षेत्र ठप्प, ‘निर्माण आपतकाल’ घोषणा गर्न व्यवसायीको माग | बुटवलमा ‘रैथाने सीप, कला र उत्पादन प्रदर्शनी’ हुने, ५५ स्टल रहने | मुलुकभर दोस्रो आर्थिक गणना सुरु : १५ लाख व्यावसायिक प्रतिष्ठानको विवरण सङ्कलन गरिँदै | डोकोको व्यापार | डिजेल र मट्टितेलको मूल्यमा भारी वृद्धि, प्रतिलिटर ३० रुपैयाँ बढ्यो | पूर्वाधार थपिँदा पर्यटक आकर्षित |


चुकेनीको विद्युतले झिलिमिलि जुम्ला, लोडसेडिङ हट्यो

Ujyalosandeshonline 11000+ समाचार ( )
२८ पौष २०८१, आइतबार

जुम्ला । विद्युतको उज्यालो अभाव खेपिरहेको जुम्लामा पहिलो पटक एक मेगावाट विद्युत उत्पादन भएपछि गाउँ झिलिमिलि भएको छ ।

पातारासी गाउँपालिकाको चुकेनी जलविद्युत सहकारी संस्था लिमिटेडबाट सञ्चालित योजनाको निर्माण सम्पन्न भइ संचालनमा आएपछि विद्युतको अभाव टरेको हो ।

जुम्लाको खलंङ्गगा बजारमा दैनिक १८ घण्टासम्म लोडसेडिङ्ग हुने गरेको थियो । नेपाल विद्युत प्राधिकरण जुम्लाको घुघुतिमा रहेको पावरहाउसका मेसिनमा पटक पटक आउने समस्या र जुगाड खोलामा पानीको वहाव घट्दै जाँदा लोडसेडिङ्ग बढ्ने गरेको थियो ।

तर अहिले चुकेनी जलविद्युत योजनाले विद्युत उत्पादन गरेपछि लोडसेडिङ्गको मार हटेको छ । जुम्लामा विद्युत प्राधिकरणले केन्द्रीय प्रसारण लाइन पुर्याए पनि  भोल्टेज कम हुने समस्या हुँदा विद्युत प्रयोग माग अनुसार हुन सकेको थिएन ।

पातारासी गाउँपालिका–१ मा निर्मित एक मेगावाटको चुकेनी खोला जलविद्युत परियोजनाको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र एशियाली विकास वैकको आर्थिक सहयोग स्थानीय तथा गाउँपालिकाको स्वलगानी र कृषि विकास वैंकको ऋण लगानी तथा संयुतm राष्ट्र संघीय विकास कार्यक्रम अन्र्तगतको ग्रामिण जिविकोपार्जनका लागि नविकरणीय ऊर्जा कार्यक्रमको प्राविधिक सहयोगमा हालै निर्माण सम्पन्न भएकाले हाल जुम्ला बजार झिलिमिली भएको हो ।

यस परियोजनामा पातारासी गाउँपालिकाका सम्पुर्ण घरधुरीको शेयर रहेको चुकेनी जलबिद्युत सहकारी संस्थाका अध्यक्ष गोर बहादुर बुढाले बताए । अध्यक्ष बुढाका अनुसार परियोजना निर्माणका लागी वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत एशियाली विकास बंैक र नेपाल सरकारको रु २८ करोड ४४ लाख ३० हजार अनुदान, रु ५ करोड नेपाल सरकारको मु.अ कर सहयोग तथा स्थानीय जनता, गाउँपालिका र प्रदेश सरकारको शेयर लागनी रु ११ करोड गरी जम्मा रु ४४ करोड ४४ लाख ३३ हजार लगानी रहेको छ ।

राष्ट्रिय प्रशारण प्रणालीको भरपर्न नसकिने बिद्युत आपूर्तिले हैरान जुम्लावासी गाउँपालिकाको सिरानमा रहेको यस चुकेनी खोला साना जलविद्युत परियोजनाको  निर्माण धेरैको चासोमा थियो ।

परियोजनाबाट लामो प्रतिक्षापछि जुम्लाले भरपर्दो तथा गुणस्तरिय विद्युत बाल्न पाएकोमा उपभोक्ताहरु हर्षित भएको नविकरणीय उर्जाका लागि जिविकोपार्जन परियोजनाका फिल्ड संयोजक पृथ्वी शाही बताउँछन् ।

गाउँपालिका भित्र सहकारी आफैले विद्युत वितरण गरेको छ भने अन्य स्थानका लागी नेपाल विद्युत प्राधिकरणलाई विद्युत बिक्री गरी सेवा पुर्याएको शाहीले जानकारी दिए ।

सदरमुकाम एवम चन्दननाथ नगरपालिका वरिपरिका स्थानमा गुणस्तरीय र पयापर््त मात्रामा विद्युत उपलब्ध भएपछि साना ठुला उद्योगहरुलाई सहज भएको छ । विद्युत अभावका कारण संचालनमा आउन नसकेका उपकरणहरु पनि धमाधम प्रयोगमा आउन थालेको र अन्य व्यवसायी, विद्यालय, स्वास्थ्य चौकी, सरकारी कार्यालय तथा संघ संस्था र घरधुरीहरुले विद्युतीय हिटर, एयरकन्डिसनर, कुकर, केत्ली जस्ता उपकरणहरु प्रयोग गर्न थालेको नेपाल बिद्युत प्राधिकरण जुम्ला वितरण शाखाका प्रमुख राम आशिष शाहाले जानकारी दिए ।

साथै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अक्सिजन प्लान्ट समेत सन्चालनमा आएको छ । हाल जिल्लाका प्राधिकरणको प्रणालीमा आवद्ध करिव साढे सात हजार घरधुरीले पनि सोही परियोजनाको विद्युत प्रयोग गरिरहेको विद्युत प्रधिकरण वितरण केन्द्रले जनाएको छ ।

परियोजनाले चन्दननाथ नगरपालिका भित्रका सम्पूर्ण व्यवसायीहरुलाई ठुलो टेवा पुगेको समेत नगर प्रमुख राजु सिंह कठाएतले वताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार