मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

बैतडीमा टोल–टोलमै पुगेर नसर्ने रोगको परीक्षण

रासस 719+ समाचार ( )
३ फाल्गुन २०८२, आइतबार

दशरथचन्द (बैतडी) । जिल्लामा नसर्ने रोगका जोखिम उच्च भएपछि परीक्षणलाई तीव्र बनाउन थालिएको छ । स्वास्थ्यकर्मीहरू टोलटोलमै परीक्षण थालिएको हो । सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले नसर्ने रोगको पहिचानका लागि एकमहिने अभियानअन्तर्गत गाउँपालिकाले टोलटोलमै स्वास्थ्यकर्मी खटाएकोे जानकारी दिनुभयो । गाउँपालिकाभरिका आठवटै वडाका ६६ टोलमा स्वास्थ्यकर्मी खटाएर नसर्ने रोगको परीक्षण भइरहेको बताइएको छ । 

उहाँले भन्नुभयो, “हामीले प्रत्येक टोलमा स्वास्थ्यकर्मीलाई खटाएर नसर्ने रोगको परीक्षण गरिरहेका छौँ । आठवटै वडाका ६६ वटा टोलमा यो अभियान सञ्चालन भइरहेको छ । स्वास्थ्य परीक्षणका क्रममा आवश्यकताअनुसार औषधिसमेत वितरण गरिरहेका छौँ ।” नसर्ने रोगको पहिचानका लागि एकमहिनेअन्तर्गत स्वास्थ्य संस्थामा ३० वर्षमाथिका नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने कार्य भइरहेको उहाँले बताउनुभयो । अभियानअन्तर्गत उच्च रक्तचाप, मधुमेह, उचाइ र तौलको अनुपात परीक्षण गर्ने गरिएको छ । अभियानको सिलसिलामा नसर्ने रोग पत्ता लागेका बिरामीलाई थप उपचारको आवश्यकता परेमा अस्पताल तथा स्वास्थ्य केन्द्रहरूमा रेफर गर्ने गरिएको स्वास्थ्य प्रमुख महराले बताउनुभयो ।

“परीक्षण गरिएका झन्डै ५० प्रतिशत व्यक्तिमा समस्या देखिने गरेको छ”, उहाँले भन्न्नुभयो, “पत्ता लगाई न्यूनीकरण गर्नु राम्रो हुन्छ, त्यसैले ३० वर्षमाथिका सबैको स्वास्थ्य परीक्षण गर्दैछौँ ।” नसर्ने रोगको जोखिमका विषयमा नागरिकलाई जानकारी दिनुका साथै बिरामीलाई उपचारको दायरमा ल्याउन अभियान सञ्चालन गरिएको सिगास गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख घनश्याम बोहराले बताउनुभयो । पालिकाबाट आवश्यक स्वास्थ्य सामग्रीसहित स्वास्थ्यकर्मीलाई बिरामी खोज्न परिचालन गरिसकिएको उहाँले जानकारी दिनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार