मुख्य समाचार
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु | कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान | इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत | घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन |

बैतडीमा टोल–टोलमै पुगेर नसर्ने रोगको परीक्षण

रासस 659+ समाचार ( )
३ फाल्गुन २०८२, आइतबार

दशरथचन्द (बैतडी) । जिल्लामा नसर्ने रोगका जोखिम उच्च भएपछि परीक्षणलाई तीव्र बनाउन थालिएको छ । स्वास्थ्यकर्मीहरू टोलटोलमै परीक्षण थालिएको हो । सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले नसर्ने रोगको पहिचानका लागि एकमहिने अभियानअन्तर्गत गाउँपालिकाले टोलटोलमै स्वास्थ्यकर्मी खटाएकोे जानकारी दिनुभयो । गाउँपालिकाभरिका आठवटै वडाका ६६ टोलमा स्वास्थ्यकर्मी खटाएर नसर्ने रोगको परीक्षण भइरहेको बताइएको छ । 

उहाँले भन्नुभयो, “हामीले प्रत्येक टोलमा स्वास्थ्यकर्मीलाई खटाएर नसर्ने रोगको परीक्षण गरिरहेका छौँ । आठवटै वडाका ६६ वटा टोलमा यो अभियान सञ्चालन भइरहेको छ । स्वास्थ्य परीक्षणका क्रममा आवश्यकताअनुसार औषधिसमेत वितरण गरिरहेका छौँ ।” नसर्ने रोगको पहिचानका लागि एकमहिनेअन्तर्गत स्वास्थ्य संस्थामा ३० वर्षमाथिका नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने कार्य भइरहेको उहाँले बताउनुभयो । अभियानअन्तर्गत उच्च रक्तचाप, मधुमेह, उचाइ र तौलको अनुपात परीक्षण गर्ने गरिएको छ । अभियानको सिलसिलामा नसर्ने रोग पत्ता लागेका बिरामीलाई थप उपचारको आवश्यकता परेमा अस्पताल तथा स्वास्थ्य केन्द्रहरूमा रेफर गर्ने गरिएको स्वास्थ्य प्रमुख महराले बताउनुभयो ।

“परीक्षण गरिएका झन्डै ५० प्रतिशत व्यक्तिमा समस्या देखिने गरेको छ”, उहाँले भन्न्नुभयो, “पत्ता लगाई न्यूनीकरण गर्नु राम्रो हुन्छ, त्यसैले ३० वर्षमाथिका सबैको स्वास्थ्य परीक्षण गर्दैछौँ ।” नसर्ने रोगको जोखिमका विषयमा नागरिकलाई जानकारी दिनुका साथै बिरामीलाई उपचारको दायरमा ल्याउन अभियान सञ्चालन गरिएको सिगास गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख घनश्याम बोहराले बताउनुभयो । पालिकाबाट आवश्यक स्वास्थ्य सामग्रीसहित स्वास्थ्यकर्मीलाई बिरामी खोज्न परिचालन गरिसकिएको उहाँले जानकारी दिनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार