मुख्य समाचार
जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने | खनिज पदार्थबाट राज्यलाई आर्थिक लाभ |

क्लबस्तरिय फुटबल प्रतियोगिताको उपाधी बकैयालाई

Ujyalosandeshonline 12546+ समाचार ( )
२४ मंगशिर २०८१, सोमबार

बकैया । मकवानपुरको बकैया गाउँपालिकामा आयोजना भएको क्लब स्तरीय फुटबल प्रतियोगिताको उपाधी बकैया खेलकुद विकास समितिले जितेको छ । वडानम्बर–५ स्थित कर्माचुलीमा भएको फाइनल खेलमा आयोजक जन एकता क्लबलाई १–० गोलले हराउँदै बकैयाले उपाधी जितेको हो ।

बकैयाको जितमा विपन श्रेष्ठले खेलको ६५ औं मिनेटमा निर्णायक गोल गरे । उनले फृकिक मार्फत उत्कृष्ट गोल गरेका हुन् । खेलको म्यानअफ द म्याच श्रेष्ठ घोषित भए । जितसँगै बकैयाले १ लाख ११ हजार १ सय रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता आयोजकले  ५५ हजार ५ सय ५५ रुपैयाँमा चित्त बुझाएका छन् । 

प्रतियोगिताको सर्वोत्कृष्ट बकैयाका सुजन गुरुङ घोषित भए । उनले नगद ३ हजार रुपैयाँ प्राप्त गरे। मिड फिल्डर  सुबराजगोले, सर्वाधिक गोलकर्ता अविशेक भोलन, गोलरक्षक जन एकताका सुजन बल र डिफेन्डर जन एकताकै सुशनवाईबा घोषित भए । अन्यविधागतउत्कृष्टले २–२ हजार रुपैयाँप्राप्त गरेका छन् ।

प्रतियोगितामा सर्लाहीको बागमतीयुवाक्लबलाई टाइब्रेकरमा ३–२ गोलले हराउँदै आयोजकफाइनलमाप्रवेश गरेको थियो भने शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा युग परिवर्तन बागमती गाउँपालिकालाई १–० गोलले हराउँदै बकैया फाइनलमा प्रवेश गरेको थियो । 

क्लबका अध्यक्ष कृष्ण घतानीको सभाध्यक्षता तथा बागमती प्रदेश सरकार कि सामाजिक विकास मन्त्री हरि प्रभा खड्कीको प्रमुख आतिथ्यता मा भएको प्रतियोगिताको समापन कार्यक्रममा बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने, भिम फेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, बकैया–५ कि वडाध्यक्ष लक्ष्मी जिम्बा, ६ नम्बरका वडाध्यक्ष फिलमान भोम्जन, बकैया खेलकुद विकास समितिका संयोजक विजय लामाथिङ लगायतको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार