मुख्य समाचार
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल | दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम | अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी |

‘एक विद्यालय एक नर्स’ कार्यक्रम प्रभावकारी छः बजेट अभावले विस्तार गर्न सकिएन

अनिल नेपाली 141+ समाचार ( )
१९ असार २०८२, बिहीबार

अर्घाखाँची । स्वास्थ्य सेवा विभाग काठमाडौंको विद्यालय स्वास्थ्य तथा नर्सिङ्ग सेवा कार्यक्रम प्रमुख बाला राईले ‘एक विद्यालय एक नर्स’ कार्यक्रम प्रभावकारी भए पनि बजेट अभावले सबै विद्यालयमा विस्तार गर्न नसकिएको बताउनुभएको छ ।

विद्यालय नर्स कार्यक्रमले पोषण, किशोर किशोरीको प्रजनन स्वास्थ्य बारे जानकारी हुनुका साथै अभिभावकलाई पनि सचेत गराउने लक्ष्य रहेको उहाँको भनाई छ । विद्यालय नर्सबाट बृहत्तर यौनिकता शिक्षा लगायत स्वास्थ्य प्रबन्धनात्मक विद्यालय प्रमाणिकरण तथा सुदृढिकरण कार्यक्रम अन्तरगत भूमिकास्थान नगरपालिकामा सम्पन्न एकदिने पैरवी कार्यक्रमको सहजीकरण गर्दै कार्यक्रम प्रमुख राईले बताउनुभएको हो ।

कार्यक्रममा भूमिकास्थान नगरपालिकाका नगरप्रमुख झविलाल थापाले यौनिकता  शिक्षाका कारण लागुऔषध प्रयोगमा कमी, स्वास्थ्य सेवाको प्रेषण संख्यामा वृद्धि, लैङ्गिक हिंसा, लाञ्छना तथा भेदभावमा समेत न्यूनीकरण गर्न सकिने बताउनुभएको छ ।

नेपालमा कूल ३७ प्रतिशत किशोरीको १८ वर्ष नपुग्दै र १० प्रतिशतको १५ वर्ष उमेरभित्र विवाह हुने गरेको, विवाहको उमेर २० वर्ष भए पनि ४१ प्रतिशत महिलाको १० देखि १८ वर्ष उमेरमा र ७६ प्रतिशत को २० वर्ष उमेरमा विवाह भएको देखिने भन्दै नगर प्रमुख थापाले यो अवस्थालाई मध्यनजर गर्दै बृहत्यौनिकता शिक्षा आवश्यकता भएको तर्क गर्नुभयो ।

विद्यालय स्वास्थ्य तथा नर्सिङ्ग सेवा कार्यक्रम प्रमुख बाला राइ, बरिष्ठ नर्सिङ्ग अधिकृत लक्ष्मी मरासिनी, जनस्वास्थ्य अधिकृत समिता लम्साल र भूमिकास्थान नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख शुरेस प्रसाद गैरे लगायतले सहिजीकरण गर्नुभएको कार्यक्रममा भूमिकास्थान नगर उपप्रमुख बालकृष्ण बन्जाडे, प्रमुख प्रशासकिय अधिकृत जग्दीशचन्द्र नेपाली, भूमिकास्थान–४ का वडाध्यक्ष बाबुराम पन्थी, नुवाकोट मावि चिदिचौरका प्र.अ. शालिकराम भुसाल लगायतले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा बोल्दै उहाँहरुले बृहत्त यौनिकता शिक्षाले सम्बन्ध, मूल्य अधिकार , सस्कृति र यौनिकता, लैङ्गिकतामा बुझाइ, हिंसा र सुरक्षित रहनु, स्वास्थ्य र निरोगिताका लागि सीप, मानव शरीर र विकास, यौनिक व्यवहार र यौनिकता तथा प्रजनन स्वास्थ्यलाई प्रवद्र्धन गर्ने हुनाले यस्तो कार्यक्रमलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिनु भएको छ ।

भूमिकास्थान नगरपालिकाका कम्प्युटर अधिकृत शेषकान्त घिमिरे ओसनको संचालनमा सम्पन्न कार्यक्रममा भूमिकास्थान नगरपालिकाका १० वटै वडाका अध्यक्ष, कार्यपालिका सदस्य, नगरपालिका का कर्मचारी र विद्यालय एवं् अन्य सरोकारवालाको सहभागिता रहेको स्वास्थ्य नर्सिङ्ग अधिकृत विन्दु पन्थीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार