मुख्य समाचार
हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित |

वडा कार्यालयको उदाहरणीय काम : ज्येष्ठ नागरिकलाई घरमै पुगेर सम्मान !

Ujyalosandeshonline 12444+ समाचार ( )
२५ मंगशिर २०८१, मङ्गलबार

इलाम । सूर्योदय नगरपालिका–७ गोगनेका अठासी बर्षीय टेक बहादुर राई जवानीदेखि नै रेडियो सुन्न रुचाउँथे । उमेर उत्तराद्र्धमा पुग्न लाग्दा उनको रेडियो विग्रियो । हालै वडा कार्यालयले उनको हातमा बुढेसकालको साथी रेडियो, टर्चलाईट, पोसिलो खानेकुरा थमाएपछि निक्कै खुशी बने । 

सूर्योदय नगरपालिका ७ का वडा अध्यक्ष लोक बहादुर राईको नेतृत्वमा वडा सदस्य गज बहादुर घले, श्याम कटुवाल, ख्याम कुमारी घले, शर्मिला विश्वकर्मासंगै स्वास्थ्यकर्मी सहितको टोली लिएर राई जस्तै २४ जना असी बर्ष माथिका नागरिक र आठ जना अपाङ्गता भएका नागरिकलाई घरमै पुगेर सम्मान गरेको हो । 

गत बर्ष ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई न्यानो व्ल्याङकेट वितरण गरेको वडाले यस पटक रेडियो, टर्चलाइट, हर्लिक्स लगायतका सामग्री वितरण गरेको वडाध्यक्ष लोक बहादुर राईले जानकारी दिए । 

लक्षित समूदाय अन्तरगतको कार्यक्रमबाट सम्मानित भएका ८३ बर्षिय जित बहादुर राईले घरमै पुगेर जनप्रतिनिधिले सम्मान अर्पण गरेपछि भने ‘पहिले कसैले यस्तो सम्मान गरेको थिएन, साह्रै खुशी लाग्यो ।’ पञ्चायत काल तिरको कुरा सम्झदै उनले भने ‘त्यती बेलाको सरकार बोल्नेको मुख थुन्थ्यो, लेख्नेको औला काटिदिन्थ्यो, अहिले खोज्दै सम्मान गर्न आउन थाल्यो सरकार ।’

९३ बर्षिय कुविरधन राई वडाकै जेष्ठ नागरिक हुन् । उनले निरंकुशदेखि अहिलेको जस्तो खुकुलो सरकार पनि अनुभव गर्ने अवसर पाए । नौ दशक पार गर्दा पनि उनको ज्यानमा कुनै दिर्घ रोगको लक्षण छैन् । उनले सुनाए ‘अहिलेसम्म नियमित औषधी खाने रोग लागेको छैन ।’ विषादी रहित खाना, ग्रामिण रहनसहनमा हुर्कीएका उनले जनप्रतिनिधि घरमै आएको समयमा जनताको सेवामा सधै लागिरहन सुझाव दिए । उनले भने ‘सरकारले सम्मान गर्दा खुशी लाग्यो, घरमै आएर प्रेसर, सुगरको परिक्षण गरिदिएपछि अब ढुक्क भयो ।’

सिनियर अहेव निता राईले सम्मानको क्रममा जेष्ठ नागरिक र अपाङ्गता भएका नागरिकको व्लड प्रेसर र सुगरको परिक्षण गर्नुका साथै आवश्यक स्वास्थ परामर्श प्रदान गरेको जानकारी दिइन् ।

सहायक कम्प्युटर अपरेटर क्षितीज गड्तौलाले वडाको तथ्याङ्कमा देखिएका सबै जेष्ठ नागरिकलाई प्रत्येक बर्ष उनीहरुको चाहना अनुसारको सामग्री वितरण गर्दै आएको जानकारी दिए । नागरिकलाई सरकारको अनुभुति गराउन पनि यस्ता कार्यक्रम प्रभावकारी हुने लक्ष्मी नेपालले बताइन् । 

वडा अध्यक्ष लोकबहादुर राईले जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्ति सूचनाको हकबाट बञ्चित नहुन भनेर रेडियो, उज्यालोबाट विमुख हुन नपरोस भनेर टर्चलाइट र पौष्टीक आहारको आवश्यकतालाई सांकेतिक रुपमा संकेत गर्न हर्लिक्स वितरण गरेको बताए । उनले भने ‘वडा कार्यालय घरघरमा पुग्दा जेष्ठ नागरिकको मुहारमा देखिएको खुशीले प्रफुल्लीत भएको छु ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार