मुख्य समाचार
धनुषामा कर्फ्युः हटाइएर निषेधाज्ञा जारी | निर्यात ठप्प हुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य प्रभावित | वातावरण संरक्षणका लागि मर्चवारमा ५१ वटा बिरुवा रोपण | सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा यथावत् | जग्गा बकसपत्रमा घुस लिने तीन नासु र दुई लेखापढी व्यवसायी अख्तियारको नियन्त्रणमा | दुबईस्थित नेपालको महावाणिज्यदूतावास -छलफल | धनुषा र सिरहा कर्फ्युः बिहान ५ः०० देखि १०ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने | नारायणी नदीमा फसेका दुई जनाको सकुशल उद्धार, एक बेपत्ता | चार प्रदेशका पहाडी क्षेत्रमा आज भारी वर्षाको सम्भावना | गणेश यादवका परिवारसँग आठबुँदे सहमति भयोः गृहमन्त्री गुरुङ |

देशमा असन्तुष्टि बढ्यो, सरकार गम्भीर बनोस : सांसद खान

Ujyalosandeshonline 11874+ समाचार ( )
२४ जेठ २०८१, बिहीबार

काठमाडौं । जनमत पार्टीका सांसद अब्दुल खानले जनतासँग गरेको प्रतिवद्धताहरु पूरा गर्नको लागि सरकार गम्भीर हुनुपर्ने बताएका छन् ।

विहीबार प्रतिनिधि सभाको बैठकमा उनले जनताको माग भनेको गुणस्तरीय र जीवनयापन गर्न उपयोगी निशुल्क शिक्षा, देशभित्र रोजगारीलगायत रहेको भन्दै यसमा सरकार गम्भीर हुन आवश्यक रहेको बताए ।

उनले भने, ‘नेपालमा यस्तो प्रकारको असन्तुष्टिहरु किन व्याप्त छन् । जनताको आवश्यकता के हो, चाहना के हो ? यदी हामीले जनताहरुसँग सोध्ने हो भने उहाँहरुको चाहना गुणस्तरीय र जीवनयापन गर्न उपयोगी निशुल्क शिक्षा, छिटो छरितो सेवा, देशभित्र रोजगारी, कार्यालयहरुमा छिटो काम, शान्ति, मलको व्यवस्थालगायतका माग छन् । यसमा गम्भीर भएर सोच्नुपर्छ ।’

यस्तै, उनले हाल देशको अवस्था दयनीय र जर्जर रहेको भन्दै चारैतिर असन्तुष्टिहरु बढेको बताए ।

उनले भने, ‘हाल देशको अवस्था दयनीय र जर्जर छ । चारैतिर असन्तुष्टिहरु व्यापक छन । देशको आर्थिक वृद्धिदर २.२ प्रतिशतमा सिमित छ । कुल उत्पादनमा उद्योग क्षेत्रको योगदान झन घट्दै १२ प्रतिशतमा पुगेको छ । कुल ग्रार्हस्थ्य उत्पादनको अनुपातमा आप्रवाह २२.७ प्रतिशत रहेको छ भने तिर्न बाँकी कुल ऋण ४१.२ प्रतिशत रहेको छ । आप्रवाह ठूलो भएका देशहरुमा नेपाल ११ औं स्थानमा छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार