मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

राजनीतिक प्रभाव र दबाबमा नपरी कानुनको मर्मअनुसार जिम्मेवारी निर्वाह गर्न प्रधानमन्त्रीको निर्देशन

Ujyalosandeshonline 11768+ समाचार ( )
तस्बिरः रत्न श्रेष्ठ/रासस
२० माघ २०८२, सोमबार

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक प्रभाव र दबाबमा नपरी पूर्वाग्रहभन्दा माथि उठेर कानुनको मर्मअनुसारको जिम्मेवारी निर्वाह गर्न प्रहरी सङ्गठनलाई निर्देशन दिनुभएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा आज प्रहरी निरीक्षक आधारभूत तालिम १–१८३औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उहाँले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, विश्वसनीय र निश्पक्ष वातावरणमा सम्पन्न गराउन निर्देशन दिनुभयो ।

“आसन्न निर्वाचन नेपाली लोकतन्त्रको उदाहरणीय र मानक बन्नुपर्छ । चुनावमा एक थोपा पनि रगत बग्नु हुँदैन, एक जना पनि घाइते हुनुहुँदैन”, प्रधानमन्त्री कार्कीले भन्नुभयो । उहाँले कर्तव्य पालनाका सिलसिलामा प्रहरी सङ्गठनबाट गरिएका सबै व्यावसायिक क्रियाको जिम्मा राज्यले लिने स्पष्ट पार्नुभयो ।

“प्रहरीको शक्ति हतियारमा होइन, कानुनमा हुन्छ, लाठ्ठीमा होइन, आचरणमा हुन्छ । कठोर परिस्थितिमा पनि संयम्, विवेक र न्यायको मार्ग पहिल्याउन सक्ने प्रहरी नै साँचो अर्थमा नेपाल प्रहरी हो”, प्रधानमन्त्री कार्कीले भन्नुभयो । उहाँले विगतका कमजोरी नदोहो¥याउने र भविष्यमा प्रहरीलाई अझ विश्वसनीय, जनमुखी र लोकतान्त्रिक बनाउँदै लैजानुपर्ने आवश्यकता औँल्याउनुभयो ।

प्रधानमन्त्री कार्कीले चुनौती र आलोचनाको बाबजुद नेपाल प्रहरीले पछिल्लो समय आफूलाई पुनःसंयोजन गर्दै अझ मजबुद, सङ्गठित र विश्वसनीय संस्थाका रूपमा स्थापित गर्न अग्रसर भइरहेको बताउनुभयो । “प्रहरी र समुदायबीचको नाता कसिलो छ भन्ने पनि भदौ २३ र २४ गतेपछि थप प्रमाणित भएको छ ।

आन्दोलनका दौरान क्षतिग्रस्त भएका धेरै प्रहरी संरचना समुदायले रातारात पुनःनिर्माण गरिदिएको छ”, उहाँले भन्नुभयो, “यो भनेको प्रहरी सङ्गठनले आजसम्म आर्जन गरेको साख र विश्वासको नतिजा हो । यसलाई अक्षुण्ण राख्ने प्रत्येक प्रहरी कर्मचारीको उत्तिकै भूमिका रहन्छ ।”प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले संविधानले प्रत्याभूत गरेको हकअधिकारको संरक्षण गर्दै जिम्मेवार उत्तरदायी र जवाफदेही भई कार्यसम्पादन गर्न नवनियुक्त प्रहरी अधिकृतलाई निर्देशन दिनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार