मुख्य समाचार
भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने | खनिज पदार्थबाट राज्यलाई आर्थिक लाभ | पेन्ड्राइभसहित ५ लाख ३९ हजार बराबरको सामान बरामद | सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छः कृषिमन्त्री चौधरी | स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत | यातायात क्षेत्रका समस्या समाधान गर्न सांसदहरूको प्रतिबद्धता |

नवलपरासीमा मदार बाबा मेलाको तयारी पूरा, हिन्दु–मुस्लिम आस्थाको साझा केन्द्र

Ujyalosandeshonline 12543+ समाचार ( )
२३ माघ २०८२, बिहीबार

नवलपरासी । हिन्दु र मुस्लिम धर्मावलम्बीहरूको साझा धार्मिक धरोहरका रूपमा परिचित मदार बाबा मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–६, परसैहियास्थित मदरिया पहाडमा लाग्ने यो ऐतिहासिक मेला यही माघ २४ गते शनिबारदेखि सुरु हुँदैछ।

मदार बाबा मजार संरक्षण संस्थाका अध्यक्ष जमालुदिन मियाँका अनुसार यो स्थल धार्मिक सहिष्णुताको अनुपम उदाहरण हो, जहाँ दुवै धर्मका मानिसहरूले एकसाथ श्रद्धापूर्वक पूजापाठ गर्ने गर्दछन् । मेलालाई व्यवस्थित बनाउन सुरक्षाकर्मी परिचालन, स्वयंसेवकको व्यवस्था, निःशुल्क स्वास्थ्य शिविर र सार्वजनिक शौचालय निर्माण लगायतका कामहरू गरिएको छ । 

मदार बाबाका मठाधिश गद्दीनशीन बाबा अमिरूल्लाह अन्सारीका अनुसार यहाँ साँचो मनले भाकल गर्दा मनोकामना पूरा हुने, दुःख कष्ट हट्ने र निःसन्तान दम्पतीले सन्तान सुख पाउने जनविश्वास रहिआएको छ। मेला सुरु हुनुभन्दा एक साता अघिदेखि नै महलवारी र परसैया क्षेत्रमा व्यापारीहरूको बाक्लो उपस्थिति रहेको छ । व्यवसायीहरूले अस्थायी टहरा निर्माण गरी व्यापारिक तयारी पूरा गरिसकेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार