मुख्य समाचार
ओमसतियामा बजार अनुगमन तीव्र: कुहिएको मासु बेच्नेलाई ७ दिने अल्टिमेटम, नियम मिचे कडा कारबाही हुने | लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद् बैठकः यि हुन निर्णय | मर्चवारमा महिलाको हत्या र सुन लुटपाटमा संलग्न चार जना पक्राउ | ओमसतिया गाउँपालिकाद्वारा बजार अनुगमन तीव्र, म्याद गुज्रेका सामग्री जफत | सशस्त्र प्रहरीद्वारा सीमा क्षेत्रमा कडाइ: ७ महिनामा १ अर्ब ३३ करोडभन्दा बढीको अवैध सामग्री बरामद | मदिरा व्यवसायी संघ भैरहवाद्वारा स्थापना दिवसको अवसरमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग | मर्चवारमा महिलाको हत्यामा संलग्न रहेको आरोपमा चार जना पक्राउ | वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न |

पक्षघात उपचारका लागि मन्त्री पौडेलले घोषणा गरेको निःशुल्क औषधी वितरण प्रक्रिया शुरु

Ujyalosandeshonline 12620+ समाचार ( )
६ चैत्र २०८१, बिहीबार

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गत माघ ३ गते निःशुल्क निर्णय गरेको नेपालमा पक्षघातको उपचारमा प्रयोग हुने निकै महँगो औषधी अस्पतालमा पठाउने प्रक्रिया सुरु भएको छ । मन्त्रालयमा बिहीबार आयोजित एक कार्यक्रममा सहयोगी संस्था डाइरेक्ट रिलिफका तर्फबाट प्राप्त औषधी वन हार्ट वल्र्डवाइडका प्रतिनिधिले मन्त्री पौडेलको उपस्थितिमा हस्तान्तरण गरियो । 

कार्यक्रममा बोल्दै मन्त्री पौडेलले समयमै उपचार पाए ज्यान जोगाउन सकिने भए पनि र्आिर्थक अभावमा कतिपय नागरिकको ज्यान गएकाले महँगो औषधी सहयोग प्राप्त गरेर उपलब्ध गराइन लागिएको बताए । निकै महँगो औषधी किनेर दिन गाह्रो परेको थियो, उनले भने, कसरी उपलब्ध गराउन सकिन्छ भनेर पहल गरेका थियौं । अहिले औषधी उपलब्ध भएको छ ।

मन्त्री पौडेलले न्युरोलोजीका वरिष्ठ चिकित्सक भएका तीन स्थानमार्फत औषधी उपलब्ध गराउन थालिएको भन्दै नेपालको आवश्यकताका आधारमा थप प्राप्त गरेर उपलब्ध गराउँदै जाने बताए । मन्त्रालयले तीनवटा संघीय अस्पतालमार्फत ती औषधी उपलब्ध गराउनेछ । वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल तथा भरतपुर अस्पतालमार्फत औषधी उपलब्ध गराइने मन्त्रालयको व्यवस्थापन महाशाखा प्रमुख डा. पवनजंग रायमाझीले जानकारी दिए । 

यस्तो औषधीको बजार मूल्य झण्डै दुई लाख पर्छ । तर, आर्थिक अभावमा महँगो औषधी खर्च गर्न नसकेका कारण नेपालमा मानिसको ज्यान जाने तथा अपांगताको समस्या देखिने गरेको छ । रक्तचाप र मुटुसम्बन्धी समस्या देखिएका व्यक्तिमा पक्षघात हुने अवस्थामा औषधी प्राप्त नहुँदा ज्यान जाने संख्या बढेको मन्त्रालयको विवरणमा छ ।

महँगो तथा पाउन समेत गाह्रो हुने पक्षघातको औषधीको प्राप्ति र सहज उपलब्ध गराउन मन्त्री पौडेलले लामो समयदेखि थालेको पहलस्वरुप अमेरिकी च्यारिटी डाइरेक्ट रिलिफ तयार भएको हो । मन्त्रालय सँग च्यारिटीले नेपालको मागका आधारमा पाँच वर्षसम्मका लागि यस्तो औषधी सरकारको मागका आधारमा उपलब्ध गराउने गरी प्रतिबद्धता जनाएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार