मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

तीन महिनापछि चितवन मिल्क उद्योगमा दूध प्रशोधन

Ujyalosandeshonline 11005+ समाचार ( )
२८ अशोज २०८२, मङ्गलबार

चितवन । दूधको अभावमा बन्द रहेको चितवन मिल्क उद्योग डेरी र सहकारीहरुले दूध ल्याएपछि पुनः सञ्चालनमा आएको छ । जेठ अन्तिम साताबाट बन्द रहेको उद्योगमा अहिले दूध आउन थालेपछि सञ्चालन ल्याइएको हो । उद्योगका प्रबन्धक दुर्गा पराजुलीका अनुसार गत असारमा दुई दिन मात्रै सञ्चालनमा आएर बन्द भएको उक्त उद्योग असोज पहिलो सातादेखि क्रमशः सञ्चालनमा आएको हो । अहिले दैनिक एक लाख लिटरसम्म दूध आउन थालेको छ । उहाँले भन्नुभयो, “सालाखाला ८० हजार लिटर दूध दैनिक आउन थालेको छ ।”

प्रशोधनका लागि डेरी र सहकारीहरुले दूध नल्याएपछि उद्योग आफैँले दूध किनेर सञ्चालन गर्ने तयारीसमेत गरेको थियो । सो समयमा सबैतिर दूधको अभाव भएपछि उद्योग सञ्चालन हुन सकेको थिएन । दसैँ बिदाको समयबाहेक यो महिना लागेपछि नियमितजस्तो उद्योग सञ्चालनमा रहेको प्रबन्धक पराजुलीले जानकारी दिनुभयो । किसानबाट सङ्कलित दूध बिक्री नभएपछि डेरी र सहकारीहरुले यहाँ ल्याएर प्रशोधन गर्ने गर्दछन् । उद्योगले धुलो (पाउडर) दूध र नौनी (बटर) उत्पादन गर्ने गर्दछ ।

चितवन, मकवानपुर, नवलपरासी, रुपन्देहीलगायतका जिल्लाबाट दूध आउन थालेको प्रबन्धक पराजुलीले जानकारी दिनुभयो । गत वर्ष बिक्री नभएपछि डेरी र सहकारीले यहाँ थन्काएका नौनी, घ्यू र धुलो दूध लगिसकेका छन् । प्रशोधन गरिएका उत्पादन सम्बन्धित संस्थाले नलगेपछि उद्योगका सबै ठाउँ नौनी र पाउडर दूधले भरिएको थियो ।

भरतपुर महानगरपालिका–१ ठिमुरामा उद्योग रहेको छ । विसं २०७५ देखि उद्योगले डेरी र सहकारीको दूध शुल्क लिएर प्रशोधन गर्ने काम गरिरहेको छ । प्रतिलिटर पाउडर दूधको रु ११३ र घ्यू (बटर) को प्रतिकिलो रु ५५ लिएर उद्योगले प्रशोधन गर्दै आएको छ । विसं २०६४ मा स्थापना भएको सो उद्योग २०७२ सालमा आएको भूकम्पसँगै बन्द भएको थियो । बन्द हुनुअघि उद्योग आफैँले दूध खरिद गरेर प्रशोधन गरी बजारमा बिक्री गर्दै आएको प्रबन्धक पराजुलीले बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार