मुख्य समाचार
पाल्पा पूर्ण संस्थागत प्रसुति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा | ट्राउट फार्मबाटै जीवन धान्दै, पर्यटक तान्दै गुरुङ दाजुभाइ | सदनमा सांसदको कहर : ‘ काठमाडौँमा रेल र सुरुङमार्गको चर्चा चलिरहँदा कर्णालीमा डोकामा बिरामी बोकेर घण्टौँ हिँड्नुपर्ने अवस्था छ’ | शैक्षिक सामग्री वितरण गरी शेषमणिले मनाए आफ्नो जन्मदिन | लिची | ‘रेडपाण्डा’को अवस्था पहिचान गर्न ‘क्यामेरा ट्यापिङ’ | एक महिनामा २०५ अपराधका मुद्दा दर्ता | नुन पनि गुणस्तहीन ! आयोडिनविहीन नुन बिक्रीवितरणलाई तत्काल रोक्न चिकित्सकद्वारा माग | मनाङ गाउँ | स्थानीय उत्पादनको बजारीकरण गर्दै बडिगाड |

फराकिलो मतान्तरले विजयी डा. थापाद्वारा सुशासन र भ्रष्टाचार अन्त्यमा जोड

Ujyalosandeshonline 11304+ समाचार ( )
२७ फाल्गुन २०८२, बुधवार

भैरहवा । रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा कीर्तिमानी मतान्तरले निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका डा. लेखजंग थापाले समृद्ध नेपाल निर्माणका लागि विकास, सुशासन र भ्रष्टाचारको अन्त्य अपरिहार्य रहेको बताएका छन्। निर्वाचित भएपछि भैरहवामा पहिलोपटक सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गर्दै उनले आफ्नो जितलाई परिवर्तन चाहने सम्पूर्ण नागरिक र समाजको जितको रूपमा लिएको स्पष्ट पारे।

निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुशील गुरुङलाई ५० हजार ३७९ मतको फराकिलो अन्तरले हराउँदै ५८ हजार ८१४ मत प्राप्त गरेका डा. थापा यस निर्वाचनकै सर्वाधिक मतान्तरले विजयी सांसद हुन्। मतदाताले 'हामीले आफ्नो काम गर्‍यौं, अब पालो तपाईंको' भन्दै दिएको सुझाव र ऐतिहासिक जितले आफूमाथि जनताको अथाह आशा, भरोसा र ठूलो जिम्मेवारी थपिएको उनले बताए। जनताले दिएको यो गहन दायित्वलाई योजनाबद्ध रूपमा पूरा गर्ने उनको प्रतिबद्धता छ।

समाज सुधार र रूपान्तरणका लागि स्वच्छ पत्रकारिताको भूमिका महत्त्वपूर्ण हुने बताउँदै डा. थापाले सञ्चारमाध्यमले नेतृत्व र समाज दुवैलाई सही मार्गनिर्देश गर्ने उल्लेख गरे। आगामी दिनमा विकास निर्माण र सामाजिक परिवर्तनका लागि सबै पक्षसँग निरन्तर सहकार्य, समन्वय र छलफल गरेर अघि बढ्ने उनले प्रण गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार