मुख्य समाचार
सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद |

तलबभत्ताको रकम सामाजिक सेवामा खर्चिदैँ फलेवासका वडाध्यक्ष

Ujyalosandeshonline 12455+ समाचार ( )
४ कार्तिक २०८२, मङ्गलबार

पर्वत । फलेवास नगरपालिका वडा नंं ४ मुडिकुवाका वडाध्यक्ष अच्युत तिवारीले आफुले जनप्रतिनिधि भएवापत राज्यबाट पाउने तलबभत्ता सामाजिक सेवामा लगाउनुभएको छ । उहाँले मासिक रुपमा पाउने रु २४ हजारभन्दा बढी रकमलाई समाजका विभिन्न क्षेत्रमा लगानी गर्नुभएको हो । उहाँले पछिल्लो पाँच महिनाको रकम मुडिकुवामा रहेका आमा समूहलाई र माझी परिवारलाई खाद्यान्नका लागि सहयोग गर्नुभएको छ ।

मुडिकुवामा आयोजित एक कार्यक्रममा मुडिकुवामा टोलस्तरमा रहेका आठ महिला समूहलाई रु दश हजारका दरले हस्तान्तरण गर्नुभएको हो भने वडामै रहेका माझी परिवारलाई चाडवाडको बेला राहत मिलोस भन्ने उदेश्यले चामल, दाललगायतका खाद्यान्न सामग्री वितरण गरिएको तिवारीले बताउनुभयो ।     

तिवारीले यसअघि एक महिनाको तलब सुविधाले नेपाल पत्रकार महासंघ जिल्ला शाखालाई ‘साउण्ड सिष्टम’ खरिद गर्नका लागि सहयोग गर्नुभएको थियो । जनताहरुले नै अमुल्य मत दिएर आफुलाई जनप्रतिनिधि बनाएकाले आफुले पाउने तलबभत्ता उहाँहरुकै लागि खर्च गर्ने योजना बनाएको तिवारीले बताउनुभयो । उक्त रकमले महिला समूहमा आपतकालीन सहयोग कोष स्थापना गर्न वा अन्य सामाजिक प्रयोजनमा प्रयोग गर्न सहज हुने उहाँको भनाइ छ ।

जनताले सर्वसुलभ रुपमा सेवा पाउनुपर्ने र वडाको आर्थिक, भौतिक तथा शैक्षिक विकासका लागि सबै एकजुट बनाउन आफुले भरपुर प्रयास गरेको उहाँको भनाइ छ । उहाँले सिमीत स्रोत र साधनका कारण नागरिकले चाहे जस्तो विकास गर्न नसकिएको बताउँदै आगामी दुई वर्ष भित्रमा चुनावमा गरेका घोषणा पुरा गर्न सक्रिय भएर लाग्ने प्रतिवद्धतासमेत व्यक्त गर्नुभयो । 

नगरपालिकाका प्रवक्ता समेत रहनुभएका तिवारी नेपाली कांग्रेस पर्वतको सहसचिवसमेत हुनुहुन्छ । आगामी दिनमा पनि नागरिकको माग र आवश्यकताको आधारमा वितरण गर्दै जाने उहाँको भनाई छ । रकम हस्तान्तरण कार्यक्रममा पूर्व सांसद ऋषिकेश तिवारीले नगरपालिकालाई विकासका दृष्टिकोणले नमुना नगरपालिका बनाउनका लागि सबै राजनीतिक दल र स्थानीयवासी एकजुट भएर अघि बढ्नुपर्ने सुझाव दिनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार