मुख्य समाचार
स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ | संस्कृति, प्रकृति र आत्मगौरवको सङ्गम बन्दै आठपहरिया घरबास | लुम्बिनी विश्वकै साझा धरोहर होः मन्त्री पौडेल | भैरहवामा ‘ब्रेन एण्ड माइन्ड क्लिनिक’ सञ्चालनमा, ओपीडी र ल्याब सेवामा विशेष छुट | जसपाको समायोजन कार्यक्रमप्रति लोसपा रुपन्देहीको आपत्ति | त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन | डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु | दीप प्रज्वलन गरी धकधईमा मनाइयो नमुना माध्यमिक विद्यालयको वार्षिक उत्सव | बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल | कर्णालीका नागरिकलाई आश्वासन होइन परिणाम चाहियो : सांसद ज्ञानु पौड्याल |

मुख्यमन्त्री सिँहले गरे बर्दिवासका आठ अस्पताल अनुगमन, पाँचलाई बन्द गर्न निर्देशन

Ujyalosandeshonline 12338+ समाचार ( )
१७ फाल्गुन २०८१, शनिबार

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले अवैध तथा अनाधिकृत ढङ्गले चिकित्सासेवा प्रदान गर्दैआएका महोत्तरीको बर्दिवासस्थित पाँचवटा अस्पताललाई बन्द गर्न निर्देशन दिएका छन् ।

मुख्यमन्त्री सिँहले अनुगमन गरेका आठ अस्पतालमध्ये सेवा सञ्चालन अनुमति नलिएका पाँचवटा अस्पतालहरू पिनाकल हस्पिटल, सुरक्षा अर्थोपेडिक एन्ड डेन्टल क्लिनिक प्रालि, ऊँ समाज डेन्टल क्लिनिक, खर्गा डेन्टल केयर सेन्टर र खोमुसरा डेन्टल क्लिनिक प्रालिलाई बन्द गर्न निर्देशन दिएका हुन् ।

सेवा सञ्चालन अनुमतिपत्रबिनै सञ्चालनमा रहेका ती अस्पताललाई तत्काल बन्द गर्न मुख्यमन्त्री सिँहले विधि र प्रक्रियाअनुसार मापदण्ड पुरा गरी सेवा सञ्चालन अनुमति लिई मात्र अस्पताल सञ्चालन गर्न ती अस्पतालका सञ्चालक तथा उपलब्ध कर्मचारीलाई निर्देशन दिएको मुख्यमन्त्री सिँहका प्रेस सल्लाहकार अनिलकुमार कर्णले जानकारी दिए ।

यसैगरी अनुगमनक्रममा बर्दिवासस्थित महेन्द्र डेन्टल क्लिनिक प्रालिले सेवा सञ्चालन स्वीकृति लिएको पाइएको छ । सेवा सञ्चालन अनुमति लिएको जनसेवा हस्पिटल प्रालि र डि.एन.बि मेडिकेयर सेन्टर प्रालिलाई नवीकरण गराउन मुख्यमन्त्री सिँहले निर्देशन दिएका छन् ।

केही समययता निजी अस्पताल अनुगमनलाई तीव्रता दिएका मुख्यमन्त्री सिँहले मापदण्डअनुसार भौतिक पूर्वाधार, स्वास्थ्य उपकरण र जनशक्ति व्यवस्थापन लगायत पुरा नगरीकनै सञ्चालनमा रहेका अस्पताल बन्द गर्न निर्देशन दिँदैआएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार