मुख्य समाचार
उपल्लो मुस्ताङ जाँदै पर्यटक | सुदूरपश्चिममा साउनमा पाँच हजार सवारी कारबाहीमा, ४३ लाख राजस्व सङ्कलन | बेलहिया सीमा क्षेत्रमा प्रहरीको कारबाही: कारसहित साढे ३१ लाखको सामान बरामद | राजमार्गमा पहिरो | प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’ | चार वर्षअघि सम्झौता, अझै सुरु भएन बुढीगङ्गाको पुल निर्माण | सशस्त्र प्रहरी नायव उपरीक्षक गोपिकृष्ण भट्टराई प्रशंसापत्रसहित सम्मानित | बैतडीमा एक महिनामा २३० सवारी कारबाहीमा | रास्वपा रोहिणी-४ मा टोल समिति गठन, सभापतिमा नागेश्वर कुर्मी | मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो |

मिटरब्याज पीडितहरूले गरे आर्थिक शोषणविरूद्ध जनजागरण अभियानको शुरुवात

Ujyalosandeshonline 12127+ समाचार ( )
१४ माघ २०८१, सोमबार

जनकपुर । मिटरब्याज पीडितहरूले आर्थिक शोषणविरूद्ध जनजागरण अभियानको शुरुवात गरेका छन् । मिटरब्याज विरूद्ध किसान मजदुर आन्दोलन नेपालले सोमबारदेखि जनकपुरधामबाट अभियानको शुरुवात गरेका छन् ।उनीहरुले जनकपुरधाममा विशाल जुलुस निकालेर मुख्यमन्त्री कार्यालय जाने मुख्य सड़कमै मशाल जलाएर अभियानको सुरुवात गरेको घोषणा गरेका छन् ।

जुलुसमा देशभरिबाट करिब पाचँहजार बढि मिटरब्यजी पिडित सहभागी भएको  मिटरब्याज विरूद्ध किसान मजदुर आन्दोलन नेपालका केन्द्रिय अध्यक्ष अवधेश कुशवाहाले जानकारी दिए । उनले मिटरब्याजको विरूद्ध आन्दोलनको बिस्तार गर्दै अब यस अभियानलाई देशव्यापी रुपमा लैजाने बताए । 

अध्यक्ष कुशवाहाले मिटरब्याजको विरूद्ध संसदमा कानून बनेको भए पनि यसको कार्यान्वयनमा ढिलाई भइरहेको र यस मुद्दामा ६० हजार निवेदन परेको भए पनि अहिलेसम्म १० प्रतिशत पनि पीडितहरूको मुद्दा समाधान नभएको गुनासो गरे । उनले राज्यको प्राथमिकतामा मिटरब्याज पीडितहरूको मुद्दा नरहेको र यस अभियान पश्चात पनि सरकारले ठोस कदम नउडाउ आन्दोलनको रूप परिवर्तन गर्ने चेतावनीसमेत दिए ।

उनले देशभर मिटरब्याज पीडितहरू शोषणमै रहेको र मिटरब्याजको समस्यालाई पहिचान गर्न गठन गरिएको कार्यदलले कुनै कार्य परिणाम नदिएको आरोप लगाए । उनले राज्यका निकायहरूले पीडितलाई झनै पीडित बनाएको गुनासो गरेका छन् ।

यस अभियानको प्रमुख उद्देश्य आम उत्पीडित जनसमुदायलाई संगठित र प्रशिक्षित गर्दै न्यायको निमित्त अन्तिम संघर्ष गर्ने संकल्पका साथ जागरुक पार्नु रहेको उनले बताए । यसले मिटरब्याजी साहु, वित्तीय माफियाहरू, भू–माफियाहरू र यसका संरक्षकहरूको विरूद्ध जनसमुदायलाई सचेत गर्दै स्वतः सशक्त संघर्षमा संलग्न हुने वातावरण सिर्जना गर्ने लक्ष्य लिएको उनले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार