मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

जनकपुरधाममा महिला हत्या, हिंसाविरुद्ध खबरदारी र्‍याली

Ujyalosandeshonline 11540+ समाचार ( )
१९ मंगशिर २०८२, शुक्रबार

जनकपुर । जनकपुरधाममा महिला÷मानव अधिकार रक्षकहरुले महिला हत्या÷हिंसा विरुद्ध  र्‍याली निकालेका छन् । शुक्रबार जनकपुरधामको रामानन्द चोकबाट निकालिएको  र्‍याली नगरको विभिन्न चोक हुँदै जिल्ला प्रहरी कार्यालय धनुषा अगाडि पुगेर कोण सभामा परिणत भएको छ ।

’पानामा मात्र होइन् व्यवहारमा कानुन लागू गर, महिला हत्या हिंसा बन्द गर’ भन्ने नाराका साथ महिला अधिकारकर्मीहरले उक्त ¥याली निकालेका हुन । कोण सभामा महिला अधिकारकर्मीहरुले महिलामाथी समाजमा हुँदै आएका विभिन्न घटनाहरुको निश्पक्ष छानविन गर्न सम्बन्धित निकायहरुलाई सजग गराएका छन् । 

महिलामाथि हुने हत्या÷हिंसाका घटनामा प्रहरीद्वारा स्वच्छ र निश्पक्ष अनुसन्धान होस, सरकारी वकील कार्यालयबाट दायाँबायाँ नहेरिकन कडा भन्दा कडा अभियोग लगाइयोस, अदालतमा न्यायको खरीद विक्री नहोस र घटनामा संलग्न अपराधीहरुलाई कडा भन्दा कडा दण्ड सजाय होस भन्ने अपेक्षा राखेको महिला अधिकारकर्मी एवम कानुन व्यवसायी रेखा झाले बताइन् ।

विगतमा मधेश प्रदेशमा महिलाहरुमाथि भएका हत्या÷हिंसाका घटनाहरु उद्धृत गर्दै कानुन व्यवसायी एवम महिला अधिकारकर्मी झाले पोस्टमार्टम रिर्पोटमा चलखेल हुने गरेको आरोप लगाएका छन् । उनले चिकित्सक र पोटस्टमार्टम गर्ने विज्ञ टोलीलाई पनि सचेत गराएकी छन् । उनले महिलामाथी हुने हत्या÷हिंसाका घटनामा कुनै राजनीतिकरण हुन नदिन सम्बन्धित निकायहरुलाई आग्रह गरेकी छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार