मुख्य समाचार
सामान लिन कोरला नाकातर्फ जाँदै कन्टेनर | नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै | ‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’ | जुम्लामा एक हजार ९०० क्विन्टल चामल मौज्दात | बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट किसान लाभान्वित | ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति | विपद् प्रभावितका लागि मोबाइल व्यवसायी संगठन रुपन्देहीद्वारा १ लाख १ हजार सहयोग | बाढीमा बेपत्ता भएकाका आफन्त शिक्षण अस्पतालमा पर्खाइमा | नेपाल–चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा | भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छ : अध्यक्ष ओली |
मुख्य समाचार
सामान लिन कोरला नाकातर्फ जाँदै कन्टेनर | नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै | ‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’ | जुम्लामा एक हजार ९०० क्विन्टल चामल मौज्दात | बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट किसान लाभान्वित | ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति | विपद् प्रभावितका लागि मोबाइल व्यवसायी संगठन रुपन्देहीद्वारा १ लाख १ हजार सहयोग | बाढीमा बेपत्ता भएकाका आफन्त शिक्षण अस्पतालमा पर्खाइमा | नेपाल–चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा | भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छ : अध्यक्ष ओली |

नेपालकै पहिलो नवग्रह मन्दिरका बिशेषता
नेपालकै पहिलो नवग्रह मन्दिरमा धार्मिक महोत्सव : धर्मको नाममा हुने विकृतीलाई चिर्ने प्रयास

Ujyalosandeshonline 12196+ समाचार ( )
१७ फाल्गुन २०८१, शनिबार

स्याङ्जा । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका वडा नं १ मा नेपालकै पहिलो नवग्रह मन्दिरको निर्माण गरी प्राण प्रतिष्ठा तथा अनुष्ठान सम्पन्न गरिएको छ । फागुन ६ गतेबाट नौ दिन सम्म चलेको धार्मिक महोत्सव १४४ बर्षमा आएको महाकुम्भको समयमा महाशिवरात्रिको अवसर पारेर नेपालमै पहिलो नवग्रह मन्दिरको प्राण प्रतिष्ठा तथा अनुष्ठान सम्पन्न गरिएको हो । 

अर्जुनचौपारीको यो अनुष्ठान तथा धार्मिक महोत्सव फरक किसिमका प्रस्तुती सहित धार्मिक महोत्सव सम्पन्न गरिएको हो । प्रायः नेपालमा आयोजना हुने धार्मिक महोत्सव पैसा उढाउनमै केन्द्रीत रहने गरेका छन् । तर, अर्जुनचौपारीको नेपालकै पहिलो नवग्रह मन्दिरमा भने फरक किसिमको प्राण प्रतिष्ठा, अनुष्ठान तथा धार्मिक महोत्सवको आयोजना गरिएको पालिका अध्यक्ष तिवारीले बताए । 

तिवारीले भने, ‘हाम्रो धार्मिक महोत्सवमा अलि भिन्न प्रकृतीको रह्यो, मन्दिरको पुजामा आउने सबै भक्तजनहरुलाई समान व्यबहार हुनुका साथै धार्मिक महोत्सवका नाममा मौलाउँदै गएको विकृतीलाई चिर्ने प्रयास ग¥यौं ।’ 

अर्जुनचौपारीको यो महोत्सवमा सहयोगी कसैको शिलालेख लेखिएन्, पदका आधारमा कसैलाई काखा र कसैलाई पाखा गरिएन्, सबै भक्तजनलाई समान व्यबहार गरियो । युवा गाउँपालिका अध्यक्ष तिवारीले ९ दिनसम्मको कार्यक्रममा ६ वटै वडाका वडा अध्यक्षलाई सभापतिको जिम्मेवारी समेत सुम्पिएर सबैलाई समान जिम्मेवारीको वाडफाँड सहित भब्य रुपमा महोत्सव सम्पन्न गरेका हुन् । 

नवग्रह मन्दिरमा ९ दिनसम्ममा नेपाल तथा छिमेकी देशबाट करिब १ लाख २५ हजार वढी भक्तजनहरुले दर्शन गरेको नवग्रह मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भरतराज पोखरेलले जानकारी दिए । यस्तै ९ दिनसम्म करिब १ लाख वढीलाई निःशुल्क खानपानको व्यवस्थापन समेत गरिएको थियो । 

महोत्सवमा सवाँ करोड दीप प्रज्वलन, चार बेदको पाठ पारायण, गायत्री मन्त्रद्धारा सवालाख हवन, धार्मिक अन्तक्र्रिया, सन्ध्याकालिन महाआरती तथा भजन कृतन गरिएको पोखरलेलले बताए । अनुष्ठान एवं धार्मिक महोत्सवमा आचार्य श्री चैतन्वय कृष्ण महाराज गूरु प्रमुख बाचक रहेका थिए भने डाक्टर केएन स्वामीले समेत धार्मिक प्रवचन दिएका थिए । 

प्राण प्रतिष्ठा, अनुष्ठान तथा धार्मिक महोत्सबको उद्घाटन नेपाल सरकारका पर्यटनमन्त्री बद्री प्रसाद पाण्डेले गरेका थिए, भने समापन नेपाली कांग्रेस स्याङ्जाका सभापति एवं प्रतिनिधि सभा सदस्य युवा नेता राजु थापाले गरेका थिए । 

महोत्सव अवधिभर क्रिक्रेटर सन्दीप लामिछाने, कलाकारहरु देवी घर्ती, खुमन अधिकारी, जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखहरु र स्थानीय तहमा प्रमुख, उपप्रमुख लगायतका व्यक्तिहरुको उल्लेख्य सहभागिता रहेको थियो । 

नेपालकै पहिलो नवग्रह मन्दिरका बिशेषता 

अर्जुनचौपारी गाउँपालिका वडा नं १ मा ऐतिहासिक धार्मिक बन रहेको छ । त्यही धार्मिक बनक्षेत्रलाई नै धार्मिक पर्यटनको हब बनाउने योजना अनुरुप पालिकाले नवग्रह मन्दिरको स्थापना गरिएको हो । यस अनुरुप गाउँपालिकाले धार्मिक वन केटीचौरमा १०८ वटा पिपलका बिरुवा समेत रोपिसकेको छ । 

शनिग्रह बिशेष रुपमा हेरीने भएकाले धार्मिक बन बनाउने उद्देश्यले पिपल रोपिएको हो । नेपालमा पहिलो पटक बनाईएको लागिएको नवग्रह (नौ आकाशीय पिण्ड) को मन्दिर भारतको असमको चित्रसालको पहाडमा मात्र रहेको छ । निर्माण हुँदै गरेको मन्दिर भारतको आसामको भन्दा फरक रहेको र यहाँ बन्ने नवग्रह मन्दिर विश्मै पहिलो भएको पालिका अध्यक्ष तिवारीको दाबी छ । 

यसरी बन्न लागेको नवग्रह मन्दिरको छेउछाउँमा पिपल रोपिएको हो । नवग्रह मन्दिरको मुख्य स्तभ नवभुज आकारको हुनेछ । जुन २७।७ फिटको बन्नेछ । २७ फिट माथीतीर फर्केको अग्लो ब्रह्माणीय मुर्तीको अवलोकन प्रत्येक बर्षको गणेश चतुदर्शीमा मात्र दर्शन गर्न पाइनेछ ।

नवग्रह मन्दिरसँगै बनाईएको षट्कोणको बीचमा पशुपतीनाथको जस्तै पञ्चमूखी शिवलिङ्ग राखिने र अन्य कोणमा गणेश, कुलदेवता, लक्ष्मी, कालभैरब, हनुमान र दुर्गा भवानीको मूर्ति राखिएको छ । मन्दिरको एक ठाउँबाट छिरेपछि ९ चक्रमा रहेका नवग्रह मन्दिरलाई ९ परिक्रमा सहितको पुजा गरेपछि मात्र बाहिर निस्कन मिल्ने गरी निर्माण गरिएको छ । नौवटा भुजा रहने पिल्लरमा १३ फिटमा नौवटा ग्रहका प्रतिक रहेका छन् भने त्यस माथी नवभुज आकारको १४ फुटको पिल्लर छन् । 

पिल्लरको सबैभन्दा माथि सूर्यतर्फ फर्केको सौर्यमण्डलीय (ग्रह) को प्रतिमा रहेको छ भने यहाँ रहने प्रतिमा हिन्दुधर्मका कहलिएका धार्मिक ज्योतिषीको बिशेष सल्लाहबमोजिम भारतमा बनाइएको छ । नवग्रह मन्दिर शनिवार मात्र खुल्नेछ र ९ चक्र मध्ये एक चक्र भने भक्तजनहरुलाई मध्यनजर गरेर अन्य दिनमा पनि पुजाआजा गर्न पाईनेछ ।

मुल नवग्रह मन्दिर पालिकामा रहेतापनि यसका ९ निशान प्रतिमाहरु पलिका अन्तर्गतका ५ वटा वडामा र यसबाहेक अर्जुनचौपारी गाउँपालिका लगायत अन्य पालिकाका ४ वडा मिलेर भौगोलिक स्वरुप ब्रम्हाणीय स्वरुपमा घुमेर रहेकाले पालिकाले छोएका भीरकोटको वडा नं ७, पुतलीबजार नपा १३, १४ र आधिखोला गा.पा. १ मा निशान प्रतिमाहरुलाई आलोपालो पुजा गर्ने प्रबन्ध मिलाईएको नवग्रह मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भरत पोखरेलले बताए ।

परम्परागत समयदेखि नै चर्चित जलबराह धार्मिक बन परिसर ८ हेक्टर क्षेत्रफलमा फैलिएको छ । गण्डकी प्रदेशको राजधानी पोखराबाट करिब ५२ किमीको दुरीमा रहेको नवग्रह मन्दिर निर्माणसँगै स्वदेशी तथा विदेशी पर्यटकलाई नवग्रह मन्दिरले आकर्षित गर्ने पालिकाको विश्वास छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार