मुख्य समाचार
त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन |

‘एक थोपा रगत नबगाइ प्रादेशिक ढाँचालाई परिवर्तन गर्छौ’

Ujyalosandeshonline 12612+ समाचार ( )
६ वैशाख २०८१, बिहीबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले शान्तिपूर्ण विद्रोहबाट नै रास्वपाले अहिलेको प्रादेशिक ढाँचालाई परिवर्तन गर्ने दाबी गरेका छन् । 

काठमाडौंमा बिहीबार आयोजित इलाम संवाद कार्यक्रममा उनले प्रादेशिक ढाँचा बोझिलो र खर्चिलो भएकाले शान्तिपूर्ण विद्रोहबाट नै परिवर्तन गर्ने बताए । 

उनले भने, ‘हामी संघीयताविरोधी होइनौं । अहिलेको प्रादेशिक ढाँचा अलि बोझिलो भयो, खर्चिलो भयो । यो चाहिँ हामी सुधार गछौं गर्छौ । यो सबै भत्काउन आएका हैनौं । वर्तमान व्यवस्थालाई नै सुधार संविधानमा लेखिएको धाराहरुमा टेकेर हामीले प्रादेशिक संरचना झ्यालैपिच्छे मन्त्रालय छ, ८ सय ८४ जना सांसद पालिरहेका छौं । ५ सय ८५ सांसद त प्रदेशमा नै छन् । उनीहरुको काम देखिएको छैन । उथलपुथल नगरी यही सिस्टममा टेकेर एक थोपा रगत नबगाइकन शान्तिपूर्ण विद्रोहबाट नै हाम्रो संख्या र सामथ्र्य पुगेको दिन अहिलेको प्रादेशिक ढाँचालाई परिवर्तन गछौं । ’

राजनीतिलाई पुरै समयको पेसा, कमाइ खाने भाँडोको रुपमा मात्रै हेर्न नहुने धारणा उनले राखे । युवा मात्र होइन समावेशी अनुहार पनि चाहिन्छ भन्ने उद्देश्य लिएर इलामको उपनिर्वाचनमा पार्टीले उम्मेदवार चयन गरेको उनले बताए । 

उनले भने,‘राजनीतिलाई पुरै समयको पेसा बनाउन चाहन्न । यसलाई कमाई खाने भाँडो मात्रै बनाउन चाहन्न । यसलाई देश सेवाको रुपमा काम गर्न चाहन्छु भन्नेहरुलाई स्थान दिनेगरी रास्वपा उपलब्ध भएको छ । हाम्रो विविधतापूर्ण समाज छ । जनजाति साथिहरु पनि अँटाउनु पर्छ, महिला आदि हुनुपर्छ । इलाममा चुनाव जितिएला नजितिएला तर जनजाति समुदायमा पनि पार्टीमा हामो स्थान दिन चाहन्छौं भनेरै उम्मेदवारी दिएका छौं । एउटा युवा मात्र होइन समावेशी अनुहार लिएर हामी त्यहाँ गएका हौं ।’ 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार