पाल्पा प्रहरीद्वारा विद्यार्थीहरूसँग अन्तरक्रिया, साइबर अपराध न्यूनीकरण र सचेतना अभिवृद्धिमा जोड

Ujyalosandeshonline 11543+ समाचार ( )
१ पौष २०८२, मङ्गलबार

पाल्पा । जिल्ला प्रहरी कार्यालय पाल्पाले 'प्रहरी-विद्यालय सम्पर्क कार्यक्रम' अन्तर्गत तानसेन बहुमुखी क्याम्पसका विद्यार्थीहरूसँग अन्तरक्रिया तथा कार्यालय अवलोकन कार्यक्रम सम्पन्न गरेको छ । विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको उक्त कार्यक्रममा कार्यालय प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) दिपेन्द्र पंजियार थारु र प्रहरी नायव उपरीक्षक (डिएसपी) होम प्रकाश चौधरीले सहजीकरण गर्दै प्रहरीको दैनिक कार्यसम्पादन, अनुसन्धान प्रक्रिया र सेवा प्रवाहका विविध पक्षमा प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा विशेष गरी समाजमा बढ्दो चुनौतीका रूपमा रहेको साइबर अपराध, यससम्बन्धी कानुनी व्यवस्था र जिल्लामा घटेका घटनाहरूबारे जानकारी गराउँदै विद्यार्थीहरूलाई सचेत रहन आग्रह गरिएको थियो । एसपी दिपेन्द्र पंजियार थारुले जिल्लाको कमान्ड सम्हालेयता पाल्पाको शान्ति सुरक्षा र समग्र प्रहरी सेवा प्रवाहमा देखिएको सकारात्मक परिवर्तनको स्थानीय स्तरमा चौतर्फी प्रशंसा भइरहेको छ।

उहाँको नेतृत्वमा नागरिक मैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राखिएपछि स्थानीय बासिन्दाले सुरक्षाको बलियो प्रत्याभूति र सेवामा सहजता महसुस गरेका छन्। विद्यार्थीहरूसँगको यस किसिमको प्रत्यक्ष अन्तरक्रियाले प्रहरी र नागरिकबीचको दुरी कम गर्न मद्दत पुग्नुका साथै युवा पुस्तामा प्रहरी संगठनप्रति सकारात्मक धारणा विकास गर्न एसपी पंजियारको अग्रसरता महत्त्वपूर्ण सावित हुने विश्वास गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार