मुख्य समाचार
स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ | संस्कृति, प्रकृति र आत्मगौरवको सङ्गम बन्दै आठपहरिया घरबास | लुम्बिनी विश्वकै साझा धरोहर होः मन्त्री पौडेल | भैरहवामा ‘ब्रेन एण्ड माइन्ड क्लिनिक’ सञ्चालनमा, ओपीडी र ल्याब सेवामा विशेष छुट | जसपाको समायोजन कार्यक्रमप्रति लोसपा रुपन्देहीको आपत्ति | त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन | डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु | दीप प्रज्वलन गरी धकधईमा मनाइयो नमुना माध्यमिक विद्यालयको वार्षिक उत्सव | बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल | कर्णालीका नागरिकलाई आश्वासन होइन परिणाम चाहियो : सांसद ज्ञानु पौड्याल |

रुपन्देही जिल्ला खेलाडीहरुको उद्गम स्थल होः पारस खड्का

Ujyalosandeshonline 12338+ समाचार ( )
१३ मंगशिर २०८०, बुधवार

भैरहवा । रुपन्देही जिल्ला नेपालका राष्ट्रिय एवं अन्तराष्ट्रिय क्रिकेट खेलाडीहरुको उद्गम स्थल भएको नेपाल क्रिकेट एसोसिएसन कयानका केन्द्रिय सचिव सचिव पारस खड्काले बताएका छन् । मंसिर १२ गते फिल्ड भिजटको लागि सिदार्थ रंगशालाको आएका खड्काले रुपन्देही क्रिकेट एसोसियसनको टिम सँगको अन्तरक्रिया कार्यक्रममा उक्त कुरा बताएका हुन् ।

उनले भने,“नेपालको क्रिकेट खेलमा उत्कृष्ट र जुझारु खेलाडी उत्पादन गर्न रुपन्देही क्रिकेट एसोसियसनको समेत महत्वपूर्ण भूमिका रहेको छ”। जिल्ला गत रुपमा खेलकुदको विकासको लागि विनियोजन गरीने बजेट अब जिल्लाका सम्बन्धित संस्थाहरुको सक्रियतामा गर्नु पर्ने खड्काको तर्क रहेको छ ।

रुपन्देही क्रिकेट एसोसियसनका अध्यक्ष हरी बहादुर थापाले केन्द्रिय संस्थाहरुको सहकार्यले यहाँ स्थानीय युवाहरु खेलकुदमा थप दक्ष र प्रतिभाशाली हुन सक्ने बताए । उनले युवाहरुलाइ ढुक्क सँग खेलाडीको रुपमा आफ्नो पहिचान बनाउन सक्ने वातावरण सृजना गर्नु पर्ने आजको आवश्यक्ता भएको बताए ।

त्यस्तै रुपन्देही क्रिकेट एसोसयसनका सचिव सन्जय गुरुङका अनुसार खेलाडीले देशलाई अन्तराष्ट्रिय रुपमा समेत चिनाउने भएको र पछिल्लो समय क्रिकेट एसोसिएसनले युवाहरुलाई खेलकुदमा रुची र सहजता प्रदान गर्न लागी परिरहेको बताए ।

कार्यक्रममा रुपन्देही क्रिकेट एसोसियसनका सल्लाहकार, पदाधीकारी, पूर्व राष्ट्रिय महिला खेलाडीहरु, र यस क्षेत्रका क्रिकेट खेलाडीहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार