मुख्य समाचार
संविधान कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड | भारतको बैरगनियाका विद्यार्थीद्वारा भोटेकोसी विपद् पीडितका लागि राहत सहयोग | रौतहटको प्रादेशिक अस्पताल गौरमा कार्यरत पाँच विशेषज्ञ चिकित्सक दरबन्दीस्थल फर्किए | गौर भन्सार नाकाबाट २ लाख ५४ हजार नगदसहित दुई जना पक्राउ | कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह | स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ | संस्कृति, प्रकृति र आत्मगौरवको सङ्गम बन्दै आठपहरिया घरबास | लुम्बिनी विश्वकै साझा धरोहर होः मन्त्री पौडेल | भैरहवामा ‘ब्रेन एण्ड माइन्ड क्लिनिक’ सञ्चालनमा, ओपीडी र ल्याब सेवामा विशेष छुट | जसपाको समायोजन कार्यक्रमप्रति लोसपा रुपन्देहीको आपत्ति |

दशैंमा पनि रोहिणीका कर्मचारी बेतलबी, कर्मचारीको पक्षमा स्थानियद्वारा बिरोध

Ujyalosandeshonline 12342+ समाचार ( )
२३ अशोज २०८१, बुधवार

भैरहवा । रोहिणी गाउँपालिकाले नयाँ आर्थिक वर्ष लागे देखि नै आफ्नो पालिकाका कर्मचारीहरुलाई तलब र अन्य सुविधा दिन सकेको छैन । गाउँपालिकाको अहिले सम्म खाता नै सञ्चालन हुने सकेको छैन जसले गर्दा रोहिणीका कर्मचारीहरुको दशैं खल्लो भएको छ । 

ढिलो गरि गाउँसभा गरेको रोहिणी गाउँपालिकाका योजनाहरु “सुत्र” मा प्रविष्ट नभएको कारण गाउँपालिकाको खाता अहिले सम्म सञ्चाला नै हुन सकेका छैन । नियम अनुसार सबै योजना सुत्रमा प्रविष्ट भए मात्र खाता सञ्चालन हुने प्रावधान छ । 

जिल्लाका अन्य सबै पालिकाको खाता सञ्चालन भए पनि रोहिणको नहुनुमा यहाँको जनप्रतिनिधि र माथिल्लो कर्मचारीहरुको चरम लापारवाही भएको भन्दौ स्थानियहरुले रोष व्यक्त गरेका छन् । रोहिणी गाउँपालिकाका बिभिन्न राजनैतिक दलका अगुवा तथा स्थानियहरुले दशैं जस्तो ठूलो पर्वमा कर्मचारीलाई बेखर्ची राख्न नहुने बताउदै यसमा पालिका अध्यक्ष र प्रमुख प्रशासकियले लापारवाही गरेको टिप्पणी गरेका छन् । 

समयमा तलब नपाउदा काम गर्न उत्साहित नभएको कर्मचारीहरुको भनाई छ । नाम उल्लेख नगर्ने शर्तमा एक कर्मचारीले भने “साउन देखि नै तलब पाएका छैनौ, मासिक किस्ता, बालबालिकाको फिस जेनतेन तिर्दै आएका छौं । दशैंमा पाईने आश थिया, आज अन्तिम दिन सम्म तलब आएन, यसले हामीलाई निराश बनाएको छ ।”

यस विषयमा रोहिणी गाउँपालिका अध्यक्ष विद्या प्रसाद यादवलाई बुझ्दा उनले ढिलो गरि गाउँसभा गरेको केही कर्मचारीहरुकै असहयोगको कारण खाता सञ्चालन हुन नसकेको बताए । “गाउँसभा समयमा गर्न सकेनौं गरे पनि योजना प्रविष्ट गर्ने बेला लेखा लगायतका कर्मचारी भ्रमणमा गएकोले ढिलो भएको हो ।” यादवले भने “दशैंमा नभए पनि कार्तिक १, २ गते तिर तबल खुवाउने गरि काम भईरहेको छ ।”

रोहिणी गाउँपालिकामा वडा अध्यक्ष, गाउँपालिका अध्यक्ष, कर्मचारीहरु बिच सुरु देखि नै तालमेल हुन सकिरहेको छैन । यसको प्रत्यक्ष असर पालिकाको नियमित काम कारवाहीमा परिरहेको छ । सुरुमा तोकिएको समयमा गाउँसभा हुन सकेन, वडा अध्यक्ष र पालिका अध्यक्ष बिचको बजेट सिलिङ्गको विवाद सतहमै आएको थियो । पछि गाउँसभा भए पनि योजनाहरु समयमै सुत्रमा प्रविष्ट हुन सकेन । रोहिणीको तीन समूहको लडाईमा यहाँका तल्लो तहका कर्मचारी र पालिकाको समग्र विकास नै प्रभावित भएको छ । 

रोहिणी गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत राकेश चौधरीले पनि समयमै तलब खुवाउन नसक्नुमा समयमै योजनाहरु प्राप्त नभएको बताए । उनले गाउँसभा ढिलो गरि भएको र वडाबाट र पालिका अध्यक्षबाट समयमै योजनाहरु नपाएको कारण ढिलो भएको बताए । यसै बिच पालिकाका केही कर्मचारीहरु पनि कतै गएको उनले स्विकार गरे । चौधरीले कर्मचारीहरुलाई निराश नहुन र कोष तथा लेखा नियन्त्रक संगको सहकार्यमा सके सम्म आजै तलब खुवाउने प्रयास भईरहको उज्यालो सन्देशलाई बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार