मुख्य समाचार
लुम्बिनीका मुख्यमन्त्री आचार्यले भदौ १ मा विश्वासको मत लिँदै | चापाकोटमा सीसीटीभी क्यामेरा जडान, प्रहरीलाई हस्तान्तरण तथा सम्मान | ‘मिसइन्फर्मेसन’ र ‘डिसइन्फर्मेसन’ले सामाजिक सद्भाव खल्बलिएको महसुस भएको छः प्रहरी महानिरीक्षक कार्की | धकधई बजारमा सरसफाइ तथा ट्राफिक जनचेतना कार्यक्रम | कालोपत्र सडक | उडानविहीन गौतमबुद्ध विमानस्थल: एकातिर सुनसान, अर्कोतिर ज्यालादारी र करार कर्मचारीको ओइरो | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | ‘थर्मल ड्रोन’को सहायताबाट चितुवालाई नियन्त्रणमा लिइँदै | स्रोत शिक्षकसँग कार्यसम्पादन सम्झौता | आहा ! मनमोहक रसुवाको भाँङ्गे झरना |

भारततर्फ जाँदै गरेका १०२ जना बालबालिकालाई माईती नेपाल धनुषाले गर्यो उद्धार

Ujyalosandeshonline 12009+ समाचार ( )
१२ फाल्गुन २०८१, सोमबार

जनकपुर । माईती नेपाल धनुषाले नेपालबाट भारततर्फ जाँदै गरेका १०२ जना बालबालिकालाई उद्धार गरेको छ ।माईती नेपालले जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा एक वर्षको अवधिमा नेपाल रेल्वे तथा बसबाट धनुषा र महोत्तरीको सीमानाका हुँदै भारततर्फ गइरहेको अवस्थामा अनुगमन टोलीले प्रहरीको सहयोगमा उनीहरूको उद्धार गरेको जानकारी दिएको छ । 

उद्धार गरिएका मध्ये १८ वर्षमुनिका ५३ जना तथा १८ वर्षमाथिका ४९ जना रहेका छन्। यसैगरी, १०० जनालाई सुरक्षा आवास प्रदान गरिएको छ, जसमा १८ वर्षमुनिका ४६ जना र १८ वर्षमाथिका ५४ जना रहेका छन् ।

एक वर्षको अवधिमा १७२ जनालाई मनोपरामर्श सेवा प्रदान गरिएको छ। माईती नेपालले सीमा क्षेत्रमा ८,३८२ वटा बसको जाँच तथा ५,१९२ जनालाई मानव बेचबिखनसम्बन्धी जनचेतनामूलक सूचना प्रदान गरेको छ । 

नेपालमा मानव बेचबिखन नियन्त्रणका लागि कडा कानून रहेको भए पनि दलालहरूले विभिन्न प्रलोभनमा पारेर यो अपराधलाई निरन्तरता दिइरहेका छन्  । यदि कसैलाई मानव किनबेचमा संलग्न भएको पाइएमा २० वर्षसम्मको जेल सजाय र २ लाख रुपैयाँसम्मको जरिवानाको प्रावधान छ । वेश्यावृत्तिमा संलग्न गराउनेलाई १० देखि १५ वर्ष कैद र ५० हजार रुपैयाँसम्मको जरिवाना तोकिएको छ ।

उद्धार गरिएका व्यक्तिहरूलाई लक्षित गरी माईती नेपालले विभिन्न सेवा तथा सुविधाहरू प्रदान गर्दै आएको छ । संस्थाले २३ जिल्लामा कार्य सञ्चालन गर्नुका साथै देशभर १८ वटा सुरक्षा आवास गृह, ३ रोकथाम गृह, पुनस्र्थापना केन्द्र, स्नेह गृह, विद्यालय, बाल संरक्षण गृह, प्राथमिक उपचार केन्द्र तथा आयआर्जनसम्बन्धी कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। नेपालमा प्रत्येक वर्ष ३५ हजारभन्दा बढी व्यक्ति मानव बेचबिखनको सिकार हुने गरेको तथ्यांक छ, जुन वास्तविक संख्या भन्दा बढी हुन सक्ने अनुमान गरिएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा मानव अधिकार आयोग मधेश प्रदेशका कार्यालय प्रमुख बुद्धनारायण साहनी, ईन्सेक मधेश प्रदेश प्रमुख राजु पासवान, तथा शान्ति पुनस्र्थापना केन्द्र प्रमुख रिना झाले मानव बेचबिखन नियन्त्रणका लागि नियमन तथा जनचेतनामूलक कार्यक्रमहरू आवश्यक रहेको औंल्याएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार