मुख्य समाचार
सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद |

सुदूरपश्चिममा निर्वाचन लक्षित सुरक्षा योजना: ५१०० सुरक्षाकर्मी परिचालन र कडा निगरानी

Ujyalosandeshonline 12455+ समाचार ( )
२७ माघ २०८२, सोमबार

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा आगामी फागुन २१ गते हुने निर्वाचनलाई निष्पक्ष, पारदर्शी र भयरहित वातावरणमा सम्पन्न गराउन सशस्त्र प्रहरी बलले सुरक्षा व्यवस्था कडा पारेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालयका अनुसार प्रदेशका नौवटै जिल्लाका १६ निर्वाचन क्षेत्रमा करिब ५,१०० सशस्त्र तथा निर्वाचन प्रहरी परिचालन गर्ने गरी विशेष सुरक्षा योजना लागू गरिएको छ। हाल निर्वाचन अधिकृतका कार्यालयहरूमा सुरक्षाकर्मी तैनाथ भइसकेका छन् भने डीएसपीको नेतृत्वमा 'निर्वाचन क्षेत्र सुरक्षा बेस' स्थापना गरी सुरक्षा व्यवस्था थप सुदृढ बनाइनेछ।

निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन फागुन ६ गतेदेखि नै स्ट्राइकिङ र मोबाइल टोलीहरू परिचालन भइसकेका छन् भने रिजर्भ र क्युआरटी टोलीहरूलाई तयारी अवस्थामा राखिएको छ। पहाडी तथा विकट जिल्लाहरूमा हुन सक्ने निर्वाचन विरोधी गतिविधि रोक्न वरिष्ठ अधिकारीहरूको नेतृत्वमा अनुगमन टोली खटाइएको छ भने सञ्चार सम्पर्कका लागि थप रिपिटर टावर र सवारी साधनको व्यवस्थापन गरिएको छ। अन्य सुरक्षा निकायहरूसँगको निरन्तर समन्वयका साथै सामाजिक सञ्जालबाट फैलन सक्ने गलत सूचना नियन्त्रण गर्न विशेष निगरानी संयन्त्र तयार पारी सशस्त्र प्रहरी बलले आफ्नो सम्पूर्ण तयारी पूरा गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार