मुख्य समाचार
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न सरकार कटिबद्ध छ: सांसद पुनम अग्रवाल | पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध | चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गर्न निर्देशन | विद्यालय बस दुर्घटनाः पुरानो बस नचलाउन भनेका थियौँ : स्थानीयवासी | भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता | नेपाली कांग्रेस सभापतिमा थापा निर्वाचित | सडक सुरक्षामा ध्यान दिन प्रहरीको आग्रह | भैरहवामा लगानीकर्ता सचेतना तथा पूँजीबजार साक्षरता कार्यक्रम सम्पन्न | नेपाली कांग्रेस महाधिवेशनः मतदान सुरू | कर्णालीमा पाँच हजार प्रहरी परिचालन गरिने |

धनुषाधाम वडा नम्बर १ मा ४८ प्रतिशत मतदान सम्पन्न

Ujyalosandeshonline 12490+ समाचार ( )
१६ मंगशिर २०८१, आइतबार

धनुषा । स्थानीय तहको उपनिर्वाचनको क्रममा धनुषाको धनुषाधाम वडा नम्बर १ मा अहिलेसम्म ४८ प्रतिशत मतदान भएको छ ।

मुख्य निर्वाचन कार्यालय धनुषाधामका मुख्य निर्वाचन अधिकृत चुडामणि खड्काले जनाए अनुसार विहान सातबजेदेखि सवा १२ बजेसम्ममा ४८ प्रतिशत मतदान भएको छ ।

आज विहान सवा सातबजेदेखि शुरु भएको मतदाताको क्रममा १५५१ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृत खड्काले बताए । आज अपरान्ह् ५ बजेसम्म मतदान प्रक्रिया चल्नेछ भने आजै राति नै मतगणना थालिने छ ।

धनुषाधाम नगरपालिका वडा नम्बर १ मा कुल २ हजार ६ सय ३६ मतदाता छ । मतदानको लागि तीन स्थानमा मतदान केन्द्र तोकिएको छ । धनुषाधामको गोविन्दपुर, वडा नम्बर १ को वडा कार्यालय र मुंग्राहास्थित मतदान निमाविमा मतदान केन्द्र रहेको छ ।

मतदानस्थलमा निकै चहलपहल बढेको छ भने शान्तिपूर्ण रुपमै मतदाताहरु अहिलेसम्म मतदान गरिरहेको छ ।

सो उपनिर्वाचनमा धनुषाधाम नगरपालिका वडा नम्बर १ मा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार