मुख्य समाचार
त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन |

‘गठबन्धन परिवर्तन भएपछि नेपाली कांग्रेसमा निकै ठुलो बेचैनी र आक्रोस देखिएको छ’

Ujyalosandeshonline 12612+ समाचार ( )
२४ फाल्गुन २०८०, बिहीबार

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले गठबन्धन परिवर्तन भएपछि नेपाली कांग्रेसमा निकै ठुलो छटपटी र बेचैनी र आक्रोस देखिएको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा उनले, गठबन्धन परिवर्तन भएपछि नेपाली कांग्रेसमा निकै ठुलो छटपटी र बेचैनी र आक्रोस देखिएको भन्दै ०८४ को निर्वाचनमा यस्तै परिदृश्य नदोहोरिने दाबी गरे ।

‘यो परिवर्तन कांग्रेसलाई कति गहिरो पीडा रहेछ कति गहिरो घाउ लागेको रहेछ । भन्ने कुरा रमेश लेखक ज्युले सँगसँगै अभिव्यक्त गर्नुभयो । यो तहको पीडा,छटपटी, बेचैनी,आक्रोस व्यक्त गर्न आवश्यक थिएन भन्ने लाग्छ ।’ उनले भने, ‘संवैधानिक प्रबन्ध अन्तर्गत कहिल्यै पनि कुनै पनि दलले बहुमत ल्याउन सक्दैनन्  भन्ने लाग्दैन् । सक्छौं हेर्दै जानु भए हुन्छ ८४ को निर्वाचनमा यस्तै यस्तै परिदृश्य दोहोरिने छैनन् ।त्यति सहज छैन् । साच्चीनै जनताको नयाँ आशा जगाउन सक्ने विश्वास जित्न सक्ने दलहरुले मात्र बहुमत आर्जन गर्न सक्ने प्रबन्ध छ तर बहुमत ल्याउन सक्दैनन् भन्ने छैन् ।’

उनले बहुमत प्राप्त गर्न सकेन भने दलहरु मिलेर सरकार निर्माण र सञ्चालन गर्ने संविधानले नै प्रबन्ध रहेको भन्दै यसमा कुनै आपत्ति जनाउनु पर्ने विषय नरहेको बताए ।

उनले भने, ‘ कुनै दलले बहुमत प्राप्त गर्न सकेन भने संविधानले नै प्रबन्ध गरेको छ । दलहरुका बिचमा सहकार्य हुन्छ दलहरु मिलेर सरकार निर्माण गर्छन् । दलहरुका मिलेर सरकार निर्माण र सञ्चालन गर्न सक्छन् भने परिवर्तन गर्न सक्छन् कि सक्दैनन् ? त्यो बाटो हामीले हिड्न पाउँछौं कि पाउँदैनौं । कि त गठबन्धन बनाउन पाइन्छ तर नेपाली कांग्रेससँग मात्र भनेर लेख्नु प¥यो नि संविधानमा ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार