मुख्य समाचार
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने | खाडीको जीवनभन्दा गाउँ प्यारो | शासकीय सुधारका लागि ४० निर्देशिका एवं प्रशासनिक दस्तावेज जारी | जेसीज सप्ताह–२०२६’ सुरु हुँदै | चापाकोट टिप्पर दुर्घटना: फरार चालक सुन्तलीटारबाट पक्राउ | रास्वपा महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए | तीन दशकदेखि पत्रकारितामा समर्पित अरुण ज्ञवालीको स्मृतिमा आज श्रद्धाञ्जली तथा दीप प्रज्वलन | रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान | विदेश पठाउने नाममा ४७ लाख ९२ हजार ठगी गर्ने चार जना पक्राउ | सीमा नाकामा सहजीकरण गर्न ‘बोर्डर इन्ट्रयाक्सन टिम’ गठनको तयारी |

जेसीज सप्ताह–२०२६’ सुरु हुँदै

Ujyalosandeshonline 11637+ समाचार ( )
१२ असार २०८३, शुक्रबार

भैरहवा । जेसीआई सिद्धार्थ लेडी सिद्धार्थनगरको आयोजनामा  असार १३ गतेदेखि ‘जेसीज सप्ताह–२०२६’ सञ्चालन हुने भएको छ । संस्थाले शुक्रबार भैरहवामा पत्रकार सम्मेलन गरी सात दिनसम्म सञ्चालन हुने सामाजिक, रचनात्मक तथा क्षमता विकासमूलक कार्यक्रमहरूको सार्वजनिक गरेको हो ।

आयोजकका अनुसार सप्ताहव्यापी कार्यक्रम असार १३ देखि २० गतेसम्म सञ्चालन हुनेछन् । कार्यक्रममार्फत समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै महिला नेतृत्व विकास, सीप अभिवृद्धि तथा सामाजिक सेवामा योगदान पुर्‍याउने लक्ष्य राखिएको संस्थाले जनाएको छ ।

सार्वजनिक कार्यक्रम तालिकाअनुसार पहिलो दिन असार १३ गते, शनिबार जेसीज सप्ताहको औपचारिक उद्घाटनसँगै ‘वरमाला/दुबोमाला बनाउने तालिम’ आयोजना गरिनेछ । 

दोस्रो दिन १४ गते, आइतबार सिद्धार्थ बाल गृह, भैरहवामा बिहान १० बजे निःशुल्क आँखा शिविर सञ्चालन गरिने संस्थाकी अध्यक्ष सीता गैरे भण्डारीले जानकारी दिइन । 

तेस्रो दिन  सोमबार असार १५ को अवसरमा श्री सत्य साई वृद्ध आश्रममा साँझ ४ बजे दही–चिउरा खुवाउने तथा नगद हस्तान्तरण कार्यक्रम राखिएको छ। यसको संयोजन जेसी संगम खनालले गर्नेछिन्।

चौथो दिन मंगलबार साई ग्लोबल कलेज, भैरहवामा बिहान ६ बजे पावर अफ सबकन्सियस माइण्ड ट्रेनिङ अर्थात् अवचेतन मनको शक्तिसम्बन्धी तालिम सञ्चालन गरिनेछ। कार्यक्रमको संयोजन जेसी अप्सरा पाण्डेले गर्नेछिन्।

पाँचौँ दिन संस्कृत विद्या सन्यास आश्रममा बिहान ११ बजे निःशुल्क दन्त शिविर आयोजना हुनेछ। कार्यक्रमको संयोजन जेसी सगुन तिमिल्सिनाले गर्नेछिन्।

छैटौँ दिन महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले बिहान ११ बजे धागोबाट विभिन्न सामग्री बनाउने हस्तकला तालिम सञ्चालन गरिनेछ। यसको संयोजन जेसी पुष्पा घिमिरेले गर्नेछिन्।

सप्ताहको अन्तिम दिन तथा समापन समारोह अन्तर्गत सोही दिन साँझ ४ बजे भैरहवा ब्याडमिन्टन क्लबमा ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिनेछ। प्रतियोगितासँगै सप्ताहको औपचारिक समापन हुनेछ। कार्यक्रमको संयोजन जेसी कल्पना खनालले गर्नेछिन्।

पत्रकार सम्मेलनमा जेसीआई सिद्धार्थ लेडीकी वर्ष २०२६ की अध्यक्ष  सिता गैरे भण्डारी, महासचिव मन्दिरा उप्रेती तथा जेसीज सप्ताह–२०२६ की मूल संयोजक जेसी पूजा कंडेलले कार्यक्रमबारे जानकारी दिएका थिए ।

आयोजकले समाजमा सकारात्मक प्रभाव पार्ने तथा महिलाहरूको नेतृत्व र क्षमता विकासमा टेवा पुर्‍याउने उद्देश्यले सप्ताह आयोजना गरिएको बताउँदै सञ्चारकर्मी, जेसीज सदस्य तथा सर्वसाधारणलाई कार्यक्रममा सक्रिय सहभागिताका लागि आग्रह गरेका छन । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार