मुख्य समाचार
भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने | खनिज पदार्थबाट राज्यलाई आर्थिक लाभ | पेन्ड्राइभसहित ५ लाख ३९ हजार बराबरको सामान बरामद | सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छः कृषिमन्त्री चौधरी | स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत | यातायात क्षेत्रका समस्या समाधान गर्न सांसदहरूको प्रतिबद्धता |

बोदवारका आगलागी पीडितलाई लायन्सद्वारा राहत वितरण

Ujyalosandeshonline 12543+ समाचार ( )
१ जेठ २०८१, मङ्गलबार

भैरहवा । लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथ र लायन्स क्लब अफ सिद्धार्थनगर लेडी ग्लीमले संयुक्त रुपमा रोहिणी गाउँपालिका वडा नम्बर ६ स्थित बोदवारमा आगलागी पीडित परिवारलाई राहत वितरण गरेका छन् । वडा नम्बर ६ का ११ परिवारलाई सिलिण्डर, ग्लास चुलो, फोल्डिङ बेड, भाडाकुडा, झुल र कपडा वितरण गरिएको  लायन्स सिद्धार्थनगर लेडी युथकी पूर्वअध्यक्ष तनु शर्मा कसौधनले बताइन् ।

आगलागीको घटनापश्चात लायन्सले क्लबले आगलागी प्रभावित क्षेत्रमा पुगेर वडाअध्यक्ष इन्द्रमान चौधरीसँगै स्थलगत निरीक्षण गरेको कसौधनले बताइन् । ‘डिजास्टर रिलिफि प्रोग्राम’ अन्तर्गत २ लाख बढी मूल्य बराबरको सामाग्री वितरण गरिएको छ, पीडितहरुलाई केही पनि सहयोग हुन्छ भन्नेमा विश्वस्त छौं, ’उनले भनिन् ।

कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ पी, नेपाल, लायन्स क्लब अफ सिद्धार्थनगर लोटस र लायन्स क्लब अफ सिद्धार्थनगर प्रोग्रेसिभको सहयोग रहेको उनले बताइन् । कार्यक्रममा बोल्दैलायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ पी, का गभर्नर अर्जुनमान सैजले लायन्स क्लबले यस्ता कार्यलाई निरन्तरता दिदै आएको बताए ।

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ पी, नेपालका संस्थापक गभर्नर नवराज न्यौपानेले आगलागी घाउमा मल्हम लागोस् भन्ने उद्देश्यले लायन्स क्लब यहाँ आएको बताए । कार्यक्रममा बोल्दै रोहिणी–६ का वडाअध्यक्ष इन्द्रमान चौधरीले आगलागी प्रभावितको घाउमा मल्हम लगाउने काम गरेको भन्दै लायन्स क्लबप्रति आभार व्यक्त गरे । '

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार