मुख्य समाचार
विद्यार्थीलाई ट्राफिक व्यवस्थापन सिकाउँदै प्रहरी उपरीक्षक पाण्डे | श्रीराम ग्यास उद्योगको गोदाममा छ हजार सिलिन्डर लुकाएको भेटियो | अर्घाखाँचीमा १५ जनाले लिए ३९० घण्टे मन्टेश्वरी तालिम, स्वरोजगार बन्न सघाउ पुग्ने विश्वास | अर्घाखाँचीको आर्थिक अवस्था पहिचान गर्न आर्थिक गणना कार्यालय स्थापना | सोह्र औषधि पसल निलम्बनमा | सिकार खेल्न गएका छ जना नौ दिनदेखि सम्पर्कविहीन | सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल | वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी | अर्घाखाँचीमा पेट्रोलियम पदार्थको अभाव छैन, कालोबजारी गर्नेलाई कडा कारबाही गर्ने प्रशासनको चेतावनी | अर्घाखाँचीमा वन डढेलो नियन्त्रणका लागि मिनी दमकलसहित दस्ता परिचालन, २४ घण्टामै अनलाइन रिपोर्टिङ गरिने |

नेपाली कांग्रेसको महासमिति बैठक आजदेखि, देशभरिबाट करिब २५ सय नेता सहभागी हुने

Ujyalosandeshonline 10781+ समाचार ( )
७ फाल्गुन २०८०, सोमबार

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक (नीति महाधिवेशन) आजदेखि सुरु हुँदैछ । ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने बैठकको सभापति शेरबहादुर देउवाले दिउँसो १ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ । 

‘राजनीतिक स्थायित्व, रुपान्तरण र नवीनता । स्वतन्त्रता, न्याय र समानता नेपाली कांग्रेसको नीतिगत प्रतिबद्धता’ भन्ने मूल नारासहित चार दिनसम्म चल्ने महासमिति बैठकको सम्पूणर् तयारी पूरा भएको सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीन विश्वकर्माले जानकारी दिए । 

बैठकमा नीति, सांगठनिक, समसामयिक, वर्तमान आर्थिक अवस्था र लेखा गरी पाँच वटा प्रस्ताव पेस हुनेछन् । उपसभापति पूणर्बहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीति र अर्थमन्त्री एवम् पार्टीका प्रवक्ता प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा तथा लेखा समितिका संयोजक श्यामकुमार घिमिरेले लेखा प्रस्ताव पेस गर्नेछन् । 

यसअघि ०७८ मा १४ औँ महाधिवेशनका बेला अलग्गै नीति महाधिवेशन गर्ने प्रण गरेको कांग्रेसले अहिले महासमिति बैठकलाई नै नीति महाधिवेशनकोरुपमा लिएर छलफल गर्ने भनेको छ । बैठकमा प्रस्तुत हुने प्रतिवेदनमाथि समूहगत छलफल हुने प्रचार विभागका प्रमुख विश्वकर्माले बताए । प्रस्तुत प्रस्तावहरुमाथि तराई, पहाड, मधेश, हिमालबाट प्रतिनिधित्व हुने गरी समूह बनाएर छलफल हुनेछ । 

महासमिति बैठकमा केन्द्रीय समितिका १६५, संघीय निर्वाचन क्षेत्रबाट १ हजार ७८०, जनसम्पर्क समितिबाट ८९, भ्रातृ तथा शुभेच्छुक संस्थाबाट ६९ जना सदस्यहरू सहभागी हुनेछन् । केन्द्रीय कार्यालयले महासमिति सदस्य नरहेका ४६ जिल्ला सभापतिहरुलाई समेत आमन्त्रित सदस्यकारुपमा सहभागी गराउनेछ । 

महासमिति बैठकमा २ हजार १०५ जना सहभागी हुने भएपनि २ हजार ५ सयभन्दा बढी नेता कार्यकर्ताको सहभागिता रहने प्रचार विभागका प्रमुख विश्वकर्माले जानकारी दिए । 

कांग्रेसले महासमिति बैठकका लागि प्रतिनिधिका लागि ३ हजार रुपैयाँ प्रवेश शुल्क तोकेको छ । कांग्रेसले कार्यक्रमस्थलमा खानाको प्रबन्ध गरेको छ भने बासको व्यवस्था प्रतिनिधिहरु आफैँले गरेका छन् । काठमाडौं उपत्यकाभित्र बस्ने ठाउँसम्म ल्याउन र पुर्याउनका लागि पार्टीले बसको व्यवस्था गरेको प्रचार विभागका प्रमुख विश्वकर्माले बताए । 

कांग्रेसका अनुसार महासमिति बैठकमा करिब दुई करोड रुपैयाँ खर्च हुने अनुमान छ । महासमिति बैठक बिहीबारसम्म चल्नेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार