मुख्य समाचार
पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने |

‘किसानलाई दुःख दिनेलाई मृत्युदण्डको सजाय जरुरी’

Ujyalosandeshonline 12547+ समाचार ( )
१० फाल्गुन २०८०, बिहीबार

काठमाडौं । छिमेकी मुलुक चीनबाट ल्याइएको रासायनिक मल १० महिनादेखि तातोपानी भन्सारको गोदाममा थन्काउनेलाई सांसदले कारबाही गर्नुपर्ने माग गरेका छन् ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले जो जसका कारणले मल भन्सारमा थन्किए पनि त्यसको मारमा आमकिसान परेको उल्लेख गरे । उनले मल रोकेर किसानलाई दुःख दिनेलाई मृत्युदण्डको सजायको व्यवस्था गर्नुपर्ने बताए।

सांसद सुवालले भने,‘किसानले समयमा मल नपाउँदा उत्पादन घट्यो । भारतीय उत्पादन महंगोमा किन्नुपर्दा नेपालको व्यापार घाटा बढ्यो । देश र जनता विरोधी यस्तो षडयन्त्रमा प्रधानमन्त्री, कृषिमन्त्री, कृषि सामग्री कम्पनीका अधिकारीहरुलाई मृत्युदण्ड दिने कानूनी व्यवस्था गर्न जरुरी छ ।’

भोटेकोशी गाउँपालिका–२ स्थित तातोपानी नाकामा १ सय ११ कन्टेनरले वैशाख महिनाभर ल्याएको ७ लाख ३५ हजार बोरा रासायनिक मल सुक्खा बन्दरगाह गोदाममै थन्किएको छ । मल उठाउनुपर्ने अन्तिम मिति नाघेको ८ महिना भएपनि हालसम्म भन्सार कार्यालयमै मल थन्किएको छ ।

भन्सार नियमावलीअनुसार भन्सारमा आइपुगेको ६० दिनसम्म पनि सामग्री नलगेमा प्रक्रिया पु¥याएर जफत गर्न सक्ने व्यवस्था छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार