धकधई । रुपन्देहीको रोहिणी गाउँपालिका–२ खुरहुरिया समाजको तर्फबाट रसुवाका बाढीपीडितहरूको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ६५ हजार नगद जम्मा गरिएको छ। "मानवताको सेवा नै ठूलो धर्म हो" भन्ने मान्यताका साथ भाद्र १० गते मस्जिदे गौसिया अहले सुन्नत गरिब नवाजको आयोजनामा स्थानीय गौसिया मस्जिद र जामे मस्जिदमा जुमाको नमाजका क्रममा उक्त रकम सङ्कलन गरिएको थियो। विपद्को यस कठिन घडीमा पीडित तथा प्रभावित नागरिकहरूको राहत, उद्धार र पुनर्स्थापनामा टेवा पुगोस् भन्ने उद्देश्यले स्थानीय मुस्लिम समुदाय एवम् समाजका प्रतिनिधिहरूले सो रकम उपलब्ध गराएका हुन्।