मुख्य समाचार
घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल | कांग्रेसको संस्थापनइतर पक्षले छुट्टै १५औँ महाधिवेशन गर्ने | मर्चवारीमाईको श्रीराम गुरुकुलद्वारा बाल दिवसमा प्रभातफेरी आयोजना |

लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो कांग्रेस, पाँच मन्त्रीको सामूहिक राजीनामा

Ujyalosandeshonline 12320+ समाचार ( )
१२ श्रावण २०८३, मङ्गलबार

दाङ । लुम्बिनी प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरिएको छ । सरकारलाई दिएको समर्थन फिर्ता लिँदै कांग्रेसका पाँच मन्त्रीले सामूहिक राजीनामा बुझाएका छन् । नेपाली कांग्रेस संसदीय दलका सचेतक धनलक्ष्मी श्रेष्ठले मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्रसहित मन्त्रीहरूको सामूहिक राजीनामा बुझाएकी हुन् ।

राजीनामा बुझाउने मन्त्रीहरूमा सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा, आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपाने, सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना तथा वन तथा वातावरण मन्त्री देवकरणप्रसाद कलवार रहेका छन् ।

केन्द्रीय राजनीतिमा समीकरण परिवर्तन भएसँगै लुम्बिनी प्रदेश सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरूले राजीनामा दिँदै सरकारबाट बाहिरिएका हुन् । कांग्रेस सरकारबाट बाहिरिएपछि अब लुम्बिनी प्रदेशमा नेकपा (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संयुक्त सरकार गठन हुने तयारी छ । नयाँ मन्त्रीहरूको नियुक्ति र मन्त्रालय बाँडफाँटका विषयमा एमाले र नेकपाका नेतृत्वबीच छलफल हुने बताइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार