मुख्य समाचार
हेलमेटमा लुकाएर ल्याएको रु सात लाख र ब्ल्याङ्क चेकसहित एक भारतीय पक्राउ | विद्यार्थीलाई प्रशासकीय अधिकृतको सुझाव : ‘सफलताका लागि निरन्तर प्रयास र कडा मेहनत आवश्यक’ | आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल | कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु | भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद | संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री | नवलपरासीमा ८० लाखभन्दा बढीका मोबाइलका सामान बरामद | नेपालबाट फर्सीको बीउ तस्करी, दुई भारतीय पक्राउ | संविधान राजनीतिक स्थायित्व, सामाजिक न्याय र समृद्धिको आधार भएकोः लुम्बिनीका मुख्यमन्त्री आचार्य | संविधान कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड |

नेपाली कांग्रेसलाई बलियो बनाउन भारतमा रहेका प्रवासी नेपालीको ठूलो भूमिका छ : प्रवक्ता डा. महत

Ujyalosandeshonline 12348+ समाचार ( )
६ माघ २०८१, आइतबार

दिल्ली । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले नेपाली कांग्रेसलाई बलियो बनाउन भारतमा रहेका प्रवासी नेपालीको ठूलो भूमिका रहेको बताएका छन् । आज नेपाली जनसम्पर्क समिति भारतले भारतको राजधानी नयाँ दिल्लीमा आयोजना गरेको वार्षिक भेला, नेपाल भारत सम्बन्ध, बिपि विचार र प्रवासी समस्या विषयक अन्तक्र्रिया,प्रशिक्षण एवम् सांस्कृतिक कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै प्रवक्ता महतले यस्तो बताएका हुन् । 

उनले भने, ‘भारतमा रहेका प्रवासी नेपालीहरुले कांग्रेसलाई बलियो बनाउन खेल्नुभएको भूमिका महत्वपूर्ण छ, कांग्रेसलाई अझै बलियो बनाउन उहाँहरुले आगामी दिन खेल्ने भूमिका प्रशंसनिय हुने विश्वास लिएको छु । ’सो अवसरमा डा. महतले कुनै पनि संगठनलाई बलियो बनाउन नेता कार्यकर्ता सबैले व्यक्तिवादी मानसिकता त्याग्नु पर्नेमा जोड दिए । 

उनले पार्टीमा व्यक्तिवादी सोच र आफु केन्द्रीत प्रवृत्ति हावि हुन खोजेको भन्दै यस्ता किसिमका प्रवृत्तिलाई निस्तेज पार्न कांग्रेसका नेता कार्यकर्ता सबै लाग्नुपर्ने जिकिर गरे । प्रवक्ता डा. महतले नेपाल भारत सम्बन्धको चर्चा गर्दै भने, ‘भारत नेपालको सबैभन्दा नजिकको छिमेकी भएकाले कहिलेकाहीँ दुई देशका विचमा समस्याहरु आउनु स्वभाविक हो, ती समस्याहरुको समाधान कुटनीतिक रुपमा वार्ताको टेबुलमा बसेर हल गर्नुपर्छ। ’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार