मुख्य समाचार
भरतपुर अस्पताललाई बिमामार्फत एक वर्षमा एक अर्ब प्राप्त | पर्यटकीय क्षेत्रलाई लक्षित गरेर सुविधा सम्पन्न होटल सञ्चालनका लागि लगानी गर्न मुख्यमन्त्री आचार्यको आग्रह | आयोगद्वारा एलपी ग्यास आपूर्तिलाई सहज बनाउ आग्रह | अभियन्ता पहाडी | सरकारको शासकीय सुधार र नीति कार्यान्वयनमा जोड : चौथो त्रैमासिकमा ३८४ निर्णय | प्रतिनिधिसभा : जनताले भोगेका समस्या समाधान गर्न आग्रह | रेसुङ्गा बहुमुखी क्याम्पसका उत्कृष्ट विद्यार्थी सम्मानित | पूर्वका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध हुने | रोहिणीको मुहार फेर्न विकासका पूर्वाधार र लालपुर्जाको समस्या तत्काल हल गर्ने मन्त्री लम्सालको प्रतिबद्धता | सवारी दुर्घटना न्यूनीकरणका लागि विशेष अभियान सञ्चालन गर्न निर्देशन |

धनुषाको सतलोक आश्रममा कबीरजीको निर्वाण दिवस मनाइने

Ujyalosandeshonline 11961+ समाचार ( )
२३ माघ २०८१, बुधवार

जनकपुर । कबीरजीको निर्वाण दिवसको अवसरमा धनुषाको महेन्द्रनगरस्थित सतलोक आश्रममा महायज्ञ तथा विशाल भण्डारा आयोजना हुने भएको छ । पूर्णब्रह्म कबीर उपासक समाजको आयोजना मा यही माघ २४ गतेदेखि २६ गतेसम्म पूर्णब्रह्म कबीर साहेबजीको निर्वाण दिवसको अवसरमा निःशुल्क विशाल भण्डारा आयोजना गर्न लागिएको हो ।

उक्त अवसरमा सन्त गरिबदासजी महाराजको अमरवाणीको अखण्ड पाठ, दाइजोमुक्त विवाह, रक्त दान शिविर, निःशुल्क मन्त्रदीक्षा एवं आध्यात्मिक प्रदर्शनीलगायतका सामाजिक कार्यक्रमहरू आयोजना गरिएको पूर्णब्रह्म कबीर उपासक समाजका अध्यक्ष कुमार डंगोलले जानकारी दिएका छन् ।

पूर्णब्रह्म कबीर साहेबजी भारतको उत्तर प्रदेश स्थित संत कबीरनगर जिल्लाको मगहर भन्ने स्थानबाट लाखौं मानिसहरुको सामुबाट सशरीर सतलोक गएर निर्वाण धारण गर्नुभएको दिनको सम्झनामा कबीर साहेबको निर्वाण दिवस मनाउन लागिएको अध्यक्ष डंगोलले बताए । 

कार्यक्रममा सन्त गरिबदासजी महाराजको अमरवाणीको अखण्ड पाठ, दाइजोमुक्त विवाह, रक्तदान शिविर, निःशुल्क मन्त्रदीक्षा एवं आध्यात्मिक प्रदर्शनी, आदी जस्ता धार्मिक तथा सामाजिक कार्यक्रम हरू हुने उनले बताए । कार्यक्रममा नेपाल,भारत लगायत विभिन्न देशका पाँच लाख भन्दा बढी मानिस सहभागी हुने र सबैका खाने,बस्ने,ओढ्ने,ओछ्याउने आदी व्यवस्था निःशुल्क रुपमा गरिएको समेत आयोजकले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार