मुख्य समाचार
नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा |

जनताको रगत–पसिनाको करमाथि खेलबाड : बेवारिसे गाडीको जवाफदेहिता कसले लिने ?

Ujyalosandeshonline 12457+ समाचार ( )
४ चैत्र २०८२, बुधवार

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिकाले खरिद गरेको लाखौं मूल्यको महँगो गाडी महिनौंदेखि भैरहवाको एक ग्यारेजमा बेवारिसे अवस्थामा थन्किएको छ । जनताको रगत पसिनाबाट उठेको करको दुरुपयोग गर्दै किनिएको 'लु १ झ ७८१' नम्बरको उक्त गाडीको इन्जिन सिज भएपछि अहिले कवाडीको अवस्थामा पुगेको हो । एकातिर कमिसनको खेलमा विलासी गाडी किन्ने र अर्कोतिर बिग्रिएपछि त्यसको सामान्य संरक्षण समेत गर्न नसक्ने गाउँपालिकाको चरम लापरबाहीप्रति स्थानीय वासिन्दा आक्रोशित बनेका छन् ।

गाडी खरिद प्रक्रियामा गाउँपालिकाले मापदण्ड मिचेको र आर्थिक अनियमितता गरेको कुरा यसअघि नै महालेखा परीक्षकको प्रतिवेदनले छर्लङ्ग पारिसकेको थियो । महालेखाले गाउँपालिकाको बजेट क्षमता, सञ्चालन खर्च, इन्धन खपत र भौगोलिक अवस्थालाई बेवास्ता गर्दै जथाभावी गाडी खरिद गर्दा व्ययभार बढेको भन्दै रोहिणीको नेतृत्वमाथि गम्भीर प्रश्न उठाएको थियो । महालेखाको प्रश्नकै बीच यति छिट्टै गाडीको इन्जिन नै सिज हुनुले खरिद प्रक्रिया र गाडीको गुणस्तरमै गम्भीर खोट रहेको तथ्यलाई थप पुष्टि गरेको छ ।

हाल रोहिणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रहेका जगतबहादुर बस्नेतले उक्त गाडीको इन्जिन सिज भएको स्वीकार गरेका छन् । गत असार–साउनदेखि नै गाडी ग्यारेजमा रहेको बताउँदै उनले मर्मतका लागि आवश्यक पार्टपुर्जा चीनबाटै मगाउनुपर्ने बाध्यता रहेको लाचार जवाफ दिएका छन् । गाडी बनाउन करिब ७ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । तर, खरिद गर्दा लाखौं खर्चन सक्ने गाउँपालिकाले अहिले भने मर्मतका लागि बजेट अभाव रहेको बहाना बनाउँदै पन्छिने प्रयास गरिरहेको छ ।

गाडी ग्यारेजमा कुहिएर अन्य पार्टपुर्जाहरु समेत काम नलाग्ने अवस्थामा पुग्दै गर्दा पालिका नेतृत्व भने कानमा तेल हालेर बसेको छ । जनतालाई विकास र सुशासनको प्रत्याभूति दिनुपर्ने बजेटबाट महँगो गाडी किन्ने र बिग्रिएपछि मर्मतको सट्टा महिनौंसम्म बेवारिसे छाड्ने रोहिणी गाउँपालिकाको यो रवैयाले स्थानीय सरकारको सुशासनको धज्जी उडाएको छ । जनताको करमाथिको यो चरम खेलबाड र आर्थिक हिनामिनाको विषयमा पालिका नेतृत्वले तत्काल जवाफदेहिता लिनुपर्ने चौतर्फी माग उठ्न थालेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार