मुख्य समाचार
बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने | खनिज पदार्थबाट राज्यलाई आर्थिक लाभ | पेन्ड्राइभसहित ५ लाख ३९ हजार बराबरको सामान बरामद |

संस्थाको छवि कमजोर पार्न विरोधी तत्व सक्रिय भएर लागेको रेडक्रसको दाबी

Ujyalosandeshonline 12546+ समाचार ( )
२७ असार २०८१, बुधवार

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले समाज कल्याण परिषद्को छानबिन प्रतिवेदनको हवाला दिदँै रक्तसञ्चार सेवा र संस्थागत सुशासनका सम्बन्धमा विभिन्न समाचार प्रकाशित भएको भन्दै आपत्ति जनाएको छ ।

बुधबार केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी रेडक्रस सोसाइटीले संवेदनशिल क्षेत्रमा कार्यरत संस्थाको छवि कमजोर पार्न र भ्रम सिर्जना गर्न रेडक्रस विरोधी तत्व सक्रिय भई राजनैतिक हस्तक्षेप भएको जनाएको छ ।

विज्ञप्तीमा लेखिएको छ, ‘हालै केही सञ्चार माध्यमहरूमा समाज कल्याण परिषद्को छानविन प्रतिवेदनको हवाला दिदै रक्तसञ्चार सेवा र संस्थागत सुशासनका सम्बन्धमा प्रकाशित विभिन्न समाचारहरूप्रति नेपाल रेडक्रस सोसाइटीको गम्भीर ध्यानाकर्षण भएको छ । विगत केही समयदेखि नियोजित रूपमा संवेदनशील क्षेत्रमा कार्यरत यस संस्थाको छवि कमजोर पार्न र भ्रम सिर्जना गर्न रेडक्रस विरोधी तत्व निरन्तर सक्रिय हुनु र राजनैतिक हस्तक्षेप गर्न गराउन उद्धत हुनु दुःखद छ ।’

त्यस्तै, नेपाल रेडक्रस सोसाइटी माथि छानबिन गर्ने बहानामा मित्थ्यापूर्ण तथ्य सिर्जना गरी कारबाहीको त्रासमा गरेको कार्य कानून विपरित रहेको पनि रेडक्रस सोसाइटीको भनाई छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार