मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

गौरवका आयोजना कार्यान्वयनमा पूर्वाधार प्राधिकरणको भूमिका महत्वपूर्णः मुख्यमन्त्री आचार्य

Ujyalosandeshonline 12614+ समाचार ( )
१० वैशाख २०८३, बिहीबार

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशका गौरवका आयोजनाहरूको सफल कार्यान्वयनमा प्रदेश पूर्वाधार विकास प्राधिकरणले महत्वपूर्ण योगदान पु¥याएको बताउनुभएको छ । लुम्बिनी प्रदेश सरकार, प्रदेश पूर्वाधार विकास प्राधिकरणद्वारा आयोजित एक विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । मुख्यमन्त्री आचार्यले प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) मा प्रशासनिक केन्द्र निर्माण र अन्य ठूला पूर्वाधारका कामहरू समयमै सम्पन्न गर्न प्राधिकरणले नेतृत्वदायी भूमिका खेलेको उल्लेख गर्नुभयो ।

सो अवसरमा उहाँले प्राधिकरणका निवर्तमान प्रमुख कार्यकारी अधिकृत ई. छविराज पोखरेललाई प्रशंसा–पत्रद्वारा सम्मानित समेत गर्नुभयो । चार बर्षे कार्यकाल सकिएपछी पोखरेलको विदाई गरिएको हो । पोखरेलले २०७८ चैत २५ देखि २०८२ चैत २४ सम्म प्रमुख कार्यकारी अधिकृतको रूपमा प्राधिकरणमा रहेर कार्य गर्नुभएको थियो । उहाँको कार्यकालमा प्रदेशको पूर्वाधार विकास र विशेष गरी प्रशासनिक केन्द्र (मन्त्रालयका भवनहरू) निर्माणमा पु¥याएको योगदानको प्रदेश सरकारले उच्च मूल्याङ्कन गरेको छ ।

‘प्राधिकरणले आफ्नो जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्दा प्रदेशको भौतिक विकासले गति लिएको छ’मुख्यमन्त्री आचार्यले भन्नुभयो,‘विशेष गरी गौरवका आयोजना र प्रशासनिक संरचना निर्माणमा तत्कालीन नेतृत्वको भूमिका सराहनीय छ ।’कार्यक्रममा प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, प्रमुख सचिव कृष्णप्रसाद काप्रीलगायत प्राधिकरणका कर्मचारीलगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार