मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

रुपन्देही-४ : रास्वपालाई २ हजार मतको अग्रता

Ujyalosandeshonline 11540+ समाचार ( )
२२ फाल्गुन २०८२, शुक्रबार

मर्चवार । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत रुपन्देही निर्वाचन क्षेत्र नं. ४ को मतगणना अत्यन्तै रोमाञ्चक र प्रतिस्पर्धात्मक बन्दै गएको छ। निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो मतपरिणाम अनुसार यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा (एमाले) का उम्मेदवारबीच कडा टक्कर देखिएको छ। रास्वपाले आफ्नो अग्रता कायम राख्दा एमालेले पनि कडा चुनौती दिँदै निरन्तर पछ्याइरहेको छ।

हालसम्म कुल ५३ हजार ४१६ मत गणना सम्पन्न हुँदा रास्वपाका उम्मेदवार कन्हैया बनिया १६ हजार ९५१ मत प्राप्त गर्दै पहिलो स्थानमा रहेका छन्। 'घण्टी' चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका बनियालाई 'सूर्य' चिन्ह लिएका नेकपा एमालेका उम्मेदवारले १४ हजार ९४४ मतका साथ पछ्याइरहेका छन्। शीर्ष स्थानमा रहेका यी दुई प्रतिस्पर्धीबीचको मतान्तर जम्मा २ हजार ७ मात्र रहेकाले आम मतदातामा अन्तिम नतिजाप्रति चासो र ढुकढुकी बढेको छ।

यसैगरी, यस निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस तेस्रो स्थानमा खुम्चिएको छ। 'रुख' चुनाव चिन्ह लिएर उठेका कांग्रेस उम्मेदवार आशुतोष मिश्रले १२ हजार ५३४ मत प्राप्त गर्दै शीर्ष दुई उम्मेदवारलाई पछ्याइरहेका छन्। अन्य दलहरूतर्फ जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार सर्वेन्द्र नाथ शुक्लाले 'ढल्केको छाता' चिन्हमा २ हजार ८९० मत ल्याएका छन् भने जनमत पार्टीका उम्मेदवार भोपेन्द्र प्रसाद यादवले 'लाउड स्पिकर' चिन्हमा १ हजार ३४५ मत प्राप्त गरेका छन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म गणना भएको कुल ५३ हजार ४१६ मतमध्ये ५० हजार २७९ मत सदर भएको छ भने ३ हजार ३७ मत बदर भएको छ। मुख्य प्रतिस्पर्धीहरूबीचको मतान्तर अत्यन्तै कम रहेकाले अन्तिम नतिजा कसको पक्षमा जान्छ भन्ने कौतुहलता सर्वत्र छाएको छ। अन्तिम मतपरिणाम सार्वजनिक गर्नका लागि अहिले पनि मतगणना कार्य निरन्तर जारी रहेको निर्वाचन कार्यालयले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार