मुख्य समाचार
दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ |

शैक्षिक सामग्री वितरण गरी शेषमणिले मनाए आफ्नो जन्मदिन

Ujyalosandeshonline 12441+ समाचार ( )
५ जेठ २०८३, मङ्गलबार

रोहिणी । रोहिणी गाउँपालिका वडा नं. ४, खुरहुरीया निवासी शेषमणि यादवले आफ्नो जन्मदिनको अवसरमा स्थानीय विद्यार्थीहरूलाई शैक्षिक सामग्री सहयोग गरेर उदाहरणीय कार्य गर्नुभएको छ। श्री छिपागढ माध्यमिक विद्यालयका भूतपूर्व विद्यार्थी समेत रहनुभएका यादवले आफ्नो जन्मदिनको शुभ अवसर पारेर विद्यालयका साना बालबालिकाहरूलाई सहयोग हस्त बढाउनुभएको हो।

उहाँले विद्यालयको नर्सरी, केजी र कक्षा १ मा अध्ययनरत ५० जना विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई कापी, पेन्सिल, कटर र इरेजर लगायतका अत्यावश्यक शैक्षिक सामग्रीहरू वितरण गर्नुभएको छ। जन्मदिनमा फजुल खर्च गर्नुको साटो बालबालिकाको शिक्षामा टेवा पुर्‍याउने उद्देश्यले गरिएको यस कार्यको स्थानीयस्तरमा निकै प्रशंसा भइरहेको छ।

आफ्ना भूतपूर्व विद्यार्थीबाट विद्यालय र विद्यार्थीप्रति दर्शाएको यो सद्भावप्रति छिपागढ माध्यमिक विद्यालय परिवारले खुसी व्यक्त गरेको छ। विद्यालयले एक सन्देश जारी गर्दै दाता शेषमणि यादवलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुका साथै उहाँको सु–स्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना सहित सुखद बैशालु शुभकामना व्यक्त गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार